साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ अंकले बढेर २७६० दशमलव ८० को विन्दुमा पुगेको छ ।
आइतबार ३११ कम्पनीका एक लाख ५ हजार ४१५ पटकको कारोबारमा ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँ रहेको छ ।आज १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ५ वटा राताम्मे हुँदा बाँकीमा हरियाली छाएको छ ।आइतबार एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा जीवन विकास लघुवित्तको सेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले बढेको छ । आज एनआईसी एसियामा लगानीकर्ता झुम्मिएका छन् ।






Discussion about this post