नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको अलफ्ट होटलमा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो।
उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको आइपीओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीका अनुसार आईपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको छ। त्यस मध्य ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएको छ। जस अनुसार १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन परेको हो ।





Discussion about this post