HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बर्खा सुरू भएसँगै नारायणगढ -बुटवल सडक खण्डको यात्रा कष्टपूर्ण

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ बुटवल सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूको वर्षा भएपछि दुर्दशा हुने गरेको छ । यो सडक खण्डमा पर्ने दाउन्ने ,दुम्किबासको बिनयी खोला र चोरमाराको गिरुबारी खोलामा बनेको डाइभर्सन हल्का वर्षा हुनासाथ बाढीले बगाउने गरेकाले उनीहरूले वर्षा भएसँगै यो दुर्दशा भोग्नु परेको हो । बिनयी खोलामाथिको पुल भास्सिएको ४ महिना पुगे पनि हालसम्म मर्मत हुन सकेको छैन । चोरमाराको गिरुबारी खोलामाथिको पुल पनि मर्मत नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । वर्षा हुनासाथ दाउन्नेमा सडक चिप्लो भएर सवारी गुड्न सक्दैनन् । बिहीबार राति बाढीले दुम्कीवासको बिनयी खोलामा रहेको डाइभर्सन  बगाएपछि राति २ बजेदेखि  बिहान ९ बजेसम्म यात्रुहरू सडकमा नै अलपत्र परे ।  शुक्रबार बिहान ९ बजे पछि भने  त्यहाँ रोकिएका साना र यात्रुबहाक गाडी होसी,सर्दी हुँदै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नारायणगढबाट चोरमारा अरुखोलाहुँदै महेन्द्रराजमार्गमा पर्ने होंसी सिमेन्ट कारखानाको गेटहुँदै उत्तर सर्दी पुगेर फेरी दुम्कीवासहुँदै वारपार गराइएको छ । यो बाटो हुँदै निस्कन २५ किलोमिटर लामो यात्रा गर्नुपर्छ । ठूला,लामा लरी र मालबहाक गाडी भने महेन्द्ररागर्ममै रोकिएका छन् ।

दाउन्नेको खोर्साने खोला नजिकमा महेन्द्रराजमार्ग भासिएको छ । त्यहाँ सडक मर्मत गरेर बिहानदेखि यातायात सुचारु गरिएको छ । त्यस्तै चोरमारामा पनि गिरुवारी पुल नजिकबाट अस्थायी सडक निर्माण गरेर यातायात सुचारु गरिएको प्रहरीको भनाइ छ ।  जिल्ला प्रहरी प्रमुख यादव ढकालले बिनयी खोलामा पानी सुकेपछि त्यहीमाथि फेरि डाइभर्सन बनाएर सडक यथावत् सञ्चालन गरिने बताए ।

Previous Post

सुनको मुल्य बढ्यो, कतिमा भैरहेको छ कारोबार

Next Post

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.