• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:51:22+05:45305120266 2026-06-04T07:51:22+05:45000000Thu, 04 Jun 2026 07:51:22 +0545Thu, 04 Jun 2026 07:51:22 +0545Asia/Kathmandu630_305106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000022Asia/Kathmandu 620266-7Jun+0545 305106Asia/Kathmandu2230am06p, 0000006ThursdayAsia/Kathmandu2222 262026000000 k620264 3007Asia/Kathmandu 0451ffAsia/KathmanduThu, 04 Jun 2026 07:51:22 +0545Asia/Kathmandu62026-06-04T07:51:22+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:51:22 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 51f ( '305106Asia/Kathmandu2230am06p' === $3026pAsia/Kathmandu || '1780538782' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:51:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:51:22 +05456 $70630 ? 305106Asia/Kathmandu() : 305106Asia/Kathmandu() + (51630) ( 7Asia/Kathmandu30_2026p305120266( '70630_2026ff22Asia/Kathmandu30' ) * 07+05451780538782R_04_thEC+05454Thuth ); } 51f ( '062622qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:51:22'; } $305106Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538782+0545C' ) : 4p_305106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455106Asia/Kathmandu( '620264', $305106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:51:22 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:51:22 +05456 $04am30Asia/Kathmandu305106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:51:22 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किन लगाउछन जनै ? यस्तो छ कारण

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

याे सत्ययुगकाे कथासँग सम्बन्धित छ । सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएकाे यज्ञाेपवीतका कारण देवताहरूकाे रक्षा भएकाे भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन पर्व सुरू भएकाे हो।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् ।
व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।

द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।

उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।

जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ ।जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ ।

दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ ।कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।

मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । दाहिने कानमा गंगाको वास हुने भएकाले त्यसो गरिएको हो ।जनैलाई कम्मरमाथि राख्नुपर्छ र मैलो वा अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक डोरो चुँडियो वा जनै लगाएको ४ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।

घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम छ ।

आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीनकालमा उपाकर्म भनिन्थ्यो। यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो।उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो। यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु-शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ। यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो।

पछिल्लो समयमा उपाकर्म ओझेलमा परेको छ। कताकतै मात्रै यो अनुष्ठान गरिएको पाइन्छ।अहिले उपाकर्मलाई जनैपूर्णिमा, रक्षाबन्धन भनेर एउटा सांस्कृतिक चाडको रुपमा मनाउने प्रचलन आयो।जनैपूर्णिमा विशेषगरी ब्राह्मण वर्गले मान्छन्। यो मुख्यतया: वेद पढ्ने कर्म हो। जनैपूर्णिमा वेद पढ्ने उपाकर्मकै वैकल्पिक स्वरुपमा आएको चाड हो।

शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ। यज्ञका निम्ति प्राचीन रुपमा मानिसले लगाइने वस्त्रलाई उत्तरीय र अधोवस्त्र भनिन्थ्यो। अधोवस्त्र भनेको धोती जुन शरीरकाे तल्लाे भागमा लगाइन्छ र उत्तरीय भन्नाले माथि लगाउने वस्त्र भन्ने बुझिन्छ।

शास्त्रका अनुसार उत्तरीय लगाएर मात्रै यज्ञको अनुष्ठान हुन्छ। उत्तरीय नलगाइकन व्यक्ति शून्य हुन्छ, रित्तो हुन्छ। यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवितको प्रयोग हुन थालेको हो। यज्ञ लगाउन प्रयोग हुने उत्तरीयको विकल्पका रुपमा जनै लगाउन थालिएको हो।

यज्ञ अनुष्ठानका लागि व्यक्ति पवित्र हुनुपर्ने भएकोले जनै लगाएको व्यक्ति त्यसको लागि तयार हुन्छ। जनै नलगाएको व्यक्ति अपवित्र मानिन्छ। त्यसैले पनि यज्ञ अनुष्ठान गर्दा जनैको प्रयोग अनिवार्य भयो।

ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्नका लागि जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने हुन्छ। जनै नलगाइकन गरेको कर्म निष्फल हुन्छ। वेदको अध्ययन गर्न, धार्मिक अनुष्ठानका गर्न जनै अनिवार्य हुन्छ।

तागाधारी जसले उपनयन वा व्रतबन्ध गरेर जनै लगाएका हुन्छन्, उनीहरुलाई गुरुले गायत्री मन्त्र दिएका हुन्छन्। मन्त्र जप्नका लागि जनै लाउनु पर्ने हुन्छ। अहिले पछिल्लो समयमा विभिन्न व्यवहारिक कारणले धेरै कुरा छोडे पनि जनै धारण गर्नाले मानिसलाई ‘धार्मिक अनुष्ठानसँग मेरो सम्बन्ध छ, म धार्मिक अनुष्ठान गर्नुपर्ने मान्छे हुँ, म जनै लगाएर पवित्र भएको छु,’ भन्ने स्मरण गराइरहन्छ।

यसले मान्छेलाई सांस्कृतिक रुपमा निरन्तर अनुशासित बनाउँछ। ‘म एउटा व्रतमा बाँधिएको छु, नियममा बाँधिएको छु’ भन्ने कुरा झक्झक्याइरहन्छ। गुरुले दिएका आचरण र उपदेशहरुको स्मरण गराउँछ।

जनैपूर्णिमा मुलतः धार्मिक पर्व हो। तर अहिले सबैले त्यही किसिमले धार्मिक अनुष्ठान नगर्ने, गर्न नसक्ने हुनाले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिन सकिन्छ। यो विशुद्ध सांस्कृतिक पर्व भने होइन्। यसमा धार्मिक पक्ष पनि जोडिएको छ।

रक्षाबन्धनलाई भने धार्मिकभन्दा पनि सांस्कृतिक परम्पराको रुपमा लिन सकिन्छ।

जनैलाई वैदिक मन्त्रले मन्त्रेर त्यसमा एउटा शक्ति छ, पवित्रता छ भनेर धारण गरिन्छ। त्यस्तै रक्षाबन्धनलाई पनि वैदिक मन्त्रले मन्त्रेको हुन्छ । ब्राह्मणबाट रक्षाबन्धन बाँध्ने कुरा शास्त्रीय हो तर दिदीबहिनीले दाजुभाइलाई बाध्ने रक्षाबन्धन भने शास्त्रसँग जोडिएको देखिँदैन। याे शास्त्रीयभन्दा पनि सांस्कृतिक पक्ष हाे।

शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक कर्तव्य र अनुशासनमा बस्नु पर्ने कर्तव्य स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएकाे हाे।

प्राचीनकालमा जनैलाई द्विजायनी भनिन्थ्यो। जनै द्विजायनीकै अपभ्रंश शब्द हो।जनैपूर्णिमा विशेषगरी यज्ञोपवित भन्ने संस्कारसँग सम्बन्धित छ । यज्ञोपवित ‘यज्ञ’ र ‘उपवित’ दुईवटा शब्दहरु जोडेर बनेको हुन्छ । यज्ञ दैविक संस्कृतिको एउटा अभिन्न अंग हो । जुन यज्ञ संस्कारलाई जीवनको अभिन्न अंग मान्ने र यज्ञद्वारा समाजको आध्यात्मिक र भौतिक विकास हुन्छ भन्ने मान्यता छ ।

वैद्धिक संस्कृतिमा यज्ञले समाजको आर्थिक, सामाजिक तथा मानसिक विकासमा मद्दत गर्ने विश्वास गरिन्छ ।

यज्ञ गर्नका लागि भावनात्मक र मनोवैज्ञानिक रुपमा मानव शरीर, मन, वुद्धि अनि इन्द्रियमा देवताको शक्तिलाई स्थापित गर्नुपर्छ । त्यसो गर्नका लागि छुट्टाछुट्टै देवताहरुको नाम लिएर मन्त्रणा गरेको धागो अर्थात् यज्ञोपवित धारण गरिन्छ ।

यज्ञोपवितलाई राम्रोसँग मन्त्रणा गर्ने, त्यसमा संस्कार स्थापित गर्ने र पुरानो यज्ञोपवित परिवर्तन गर्नेसँग सम्बन्धित मुख्य पर्व हो– जनैपूर्णिमा । त्यही मन्त्रणा गरेको उपवित लगाउने वैदिक परम्परा र विधि नै जनैपूर्णिमाको मुख्य आकर्षण हो ।
ज्ञानको मूल स्रोत भनेकै वेद हो । प्रचिनकालदेखि वेद ज्ञानको रुपमा रहँदै आएको छ । त्यही वेद अर्थात् ऋषि परम्परा हामीसम्म आइपुग्यो । हाम्रा ती वेद चलाउने गुरुहरुको सम्झना गरेर तर्पण गर्ने र, आफ्नो ऋषि परम्पराको याद गर्ने दिन भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।

त्यस्तै, तेस्रो महत्वपूर्ण पक्ष भनेको ऋषि पूजन हो । यसक्रममा हामीले आफ्नो गोत्र याद गर्दछौँ । गोत्रहरुको नाम त लिन्छौँ तर ती ऋषिहरुको वंशज, परम्परा, खानदान र उनीहरुको ज्ञानको वैभवलाई आज हामीले बिर्सिंदै गएका छौँ । त्यो गलत हो । किनकी हाम्रा पूर्खाहरुले दिएको ज्ञान नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।

अर्को सबैभन्दा महत्वपूर्ण विषय भनेको रक्षाबन्धन हो । रक्षाबन्धन धागोमा धेरै मन्त्रहरु पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल उर्जा बढ्छ भन्ने मान्यता छ ।

हिन्दु धर्मअनुसार यज्ञको जिम्मेवारी लिनेले जनै लगाउनुपर्छ । सबै व्यक्तिको लागि यो अनिवार्य हुँदैन । यज्ञ र ब्रम्ह कर्मसँग सम्बन्ध राख्नेलाई जनै अनिवार्य छ ।

वेदका एक लाख मन्त्र छन् भन्ने मान्यता छ । ती मन्त्रमध्ये ४ हजार मन्त्र ज्ञान मार्गका अर्थात् परमात्मा, जीवन, जगत र चिन्तनको गहिराइमा पुगेर सबै संसार परित्याग गरी इश्वर प्राप्त गर्ने बाटोतिर हिँड्ने प्रयोजनका मन्त्रहरु हुन् भन्ने विश्वास गरिन्छ ।

त्यस्तै, १६ हजार मन्त्रहरु उपासना मार्गका रहेका छन् । जसले ईश्वरको स्तुति गरेको छ । कर्ममा प्रवृत्त भएका मन्त्रहरु ८० हजार छन् भन्ने मान्यता छ । जसमा कृषि, पशुपालन, समाज, शारीरिक उन्नती, प्रकृतिको रक्षा, हाम्रा व्यावहारिक जीवनचर्यामा आवश्यक मन्त्रहरु रहेका छन् ।

त्यही १६ हजार र ८० हजार मन्त्र पढ्न म योग्य छु भन्ने अर्थमा ९६ अंगुलको जनै लागाइन्छ । ९६ अंगुलको जनै बनाउनुको मतलब ती ९६ हजार मन्त्रहरुको भावलाई जीवनमा आत्मसाथ गर्दै जानुपर्छ भन्ने हो । बाँकी रहेको ४ हजार मन्त्रको प्रयोग ज्ञान काण्डमा हुन्छ जसका लागि जनैको आवश्यकता पर्दैन । पछि, जनै त्यागेर सन्यास रुप धारण गरी वेदान्तको अध्ययनका क्रममा लिँदा पनि हुन्छ ।

तीन सरा भएको जनैलाई तेब्राउँदा ९ वटा सरा भएको एउटा धागो हुन्छ यस किसिमको धागोबाट जनै बन्छ । ९ वटा सरामा अलग–अलग देवताहरु हुन्छन् । अलग–अलग देवताहरुको पूजासहित ती देवताको शक्तिलाई प्राप्त गर्नुपर्छ भन्ने भावनाका साथ जनै लगाइन्छ ।
जनैमा ३ वटा शिखाहरु हुन्छन् । ती शिखाहरुमा सप्तगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ ।

त्यसको माथि ओमकार हुन्छ जुन ओमकारले ब्रह्मको संकेत गर्दछ मूल गाँठो मूलशिखा भनिन्छ । त्यसले ब्रह्मतत्व अर्थात् सर्वस्व शक्तिलाई केन्द्रित गर्दछ । यसरी जनैमा धेरै देवताको आह्वान गरिने भएको हुनाले त्यो एउटा धागो मात्रै होइन संस्कार गरेर धेरै मन्त्रद्वारा मन्त्रिएर त्यसलाई देवतामय बनाइएको हुन्छ । यो नै जनै धारण गर्नुको महत्व हो ।

नेपालमा वैदिक परम्पराको संस्कार भएर पनि पश्चिमा सभ्यता र संस्कृतिको प्रभावका कारण आफ्नो घर बिर्सेर पराइको घर दौडिने एउटा गलत अभ्यास हाम्रो समुदायमा बस्योे । त्यही क्रममा हाम्रा संस्कारहरु टुट्दै जाँदा संस्कृती नै विलुप्त हुने अवस्थामा पुगेको छ ।

जुन ऋषिमुनिहरुले ध्यानद्वारा अलौकिक शक्ति प्राप्त गर्थे । साथै, मन्त्रद्वारा मानिसलाई जे भन्यो त्यही पूर्ण गरिदिने आत्मविश्वास पनि थियो । साथै शक्ति र सामथ्र्य पनि थियो । तर, त्यो आजभोलि प्राय दुर्लभ भएको छ ।

जुन संस्कारयुक्त जनै बनाउनु पर्ने हो त्यो नभएर धागो नै बजारबाट किनेर लगाउने र विदेशबाट आयात गरेर कृत्रिम धागोलाई जनै ठानेर लगाउने परम्परा बसेसँगै शक्ति सामथ्र्य कम हुँदै गएको छ ।

Previous Post

यी ५ समस्या भएका मानिसले नखानुहोस कागती,

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ०८ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ०८ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In