सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अंकले बढेको छ । सोमबार नेप्से १.१६ प्रतिशतले बढेर २६४५.२० विन्दुमा आएको छ ।
आज बजारमा ५३ अंकको उतारचढाव देखिएको छ । नेप्से बढ्दा कारोबार भने घटेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ४ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
यस्तै २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य स्थिर भने रहेको छैन ।
आज ३२६ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार २३५ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूह सबैमा उछाल आएको छ । फाइनान्स समूहमा उछाल आएको छ । फाइनान्स समूह ३.७५ प्रतिशतले बढेर २ हजार ५४६.११ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४९ प्रतिशतले बढेर १९.०१ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.९२ प्रतिशतले, विकास बैंक समूह ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी ०.९५ प्रतिशतले, जीवन बीमा १.६४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८० प्रतिशतले, लघुवित्त ०.९० प्रतिशतले, निर्जीवन बीमा ०.६१ प्रतिशतले, अन्य समूह १.९१ प्रतिशतले र ट्रेडिङ समूह १.५५ प्रतिशतले बढेको छ ।






Discussion about this post