HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एकैदिन सवारी दुर्घटनामा सात जनाको मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

  • बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी चोकस्थित सडकमा बेतहनी बजारबाट बाबागाउँतर्फ जाँदै गरेको भे.१ ख १४०७ नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने हरिद्वार गोडियाको छोराहरू ९ वर्षीय विशाल गोडिया र ७ वर्षीय शिव गोडीयाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • चितवन, राप्ती नगरपालिका-१२ कपता भञ्ज्याङस्थित सडकमा लोथर खोलाबाट बोक्राङतर्फ जाँदै गरेको ग.१ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-१२ बोक्राङ बस्ने ३९ वर्षीय रबिन प्रजाको आइतबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
  • रूपन्देही, ओमसतिया गाउँपालिका-४ मटेरियास्थित सडकमा लुम्बिनी प्रदेश ०१-००१ ह ०५५० नम्बरको ईरिक्साबाट खसेर ईरिक्सामा सवार सोही ठाउँ बस्ने करण थारूको छोरा ३ वर्षीय सिद्धार्थ थारूको आइतबार दिउँसो मृत्यु भएको छ। ईरिक्साबाट खसेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ईरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ।
  • बारा, आदर्शकोतवाल गाउँपालिका-५ टेढाकट्टीस्थित सडकमा गौरबाट कोतवालीतर्फ आउँदै गरेको ग.६ प ८९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने ६५ वर्षीया संजोतिया देवीको मृत्यु भएको छ। आइतबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो।
  • कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१-००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Previous Post

महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः खानेपानीमन्त्री मन्त्री यादव

Next Post

ब्रो काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

ब्रो काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.