अमेरिको दक्षिणी क्षेत्रमा भयानक आँधी आएको छ । नेपाली समयअनुसार आइतबार बिहान आएको आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको हाे ।
बीबीसीको समाचारमा उल्लेख भएअनुसार मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठले ज्यान गुमाएका छन् ।यो खतरनाक आँधीले अमेरिकाका दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुयाएको छ ।
धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् ।
ट्र्याकर पावरआउटेजका अनुसार यसबाट सात राज्यका २ लाख ५० हजारभन्दा बढी घर बिजुलीविहीन भएका छन् ।
आँधी प्रभावित राज्यहरूमा मिशिगन, मिसौरी र इलिनोइस रहेका छन्







Discussion about this post