पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ।
पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ।






Discussion about this post