बुद्ध एयरले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (प्रेम दिवस)लाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको छ।
बुद्धले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को टिकट छुट दिएको जनाएको छ।
यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ।
पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भउचर समेत दिइने बताइएको छ।







Discussion about this post