प्रधानमन्त्री केपी शर्माओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ । ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् । गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more






Discussion about this post