सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।उक्त दिन कारोबारमा आएकामध्ये ४४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९३ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।
४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।






Discussion about this post