सोलुदुधकुण्ड नगरपालिका-२ थुम्लिङमा एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय नवराज राईको मृत्यु भएको हो।स्थानीय बल बहादुर नेवारको घाँस राख्ने गोठमा गएराति १२ बजे आगलागी हुँदा खालिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए । घटनास्थलमा घाँसले भरिएको गोठमा आगो लागेको थियो । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post