HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

औषधीय गुण लसुन फाइदा धेरै औषधीय गुणले पनि भरिपूर्ण,लसुनको बेफाइदा पनि जान्नु होश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

लसुनको फाइदा

लसुनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधिको रुपमा प्रयोग गरिन्छ । लसुनमा जति धेरै पोषक तत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुने पटेल बताउँछन् ।

लसुनको सेवनले उच्च रक्तचाप कम गर्छ । कोलेस्टेरोल नियन्त्रण गर्छ, जसकारण मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । ‘लसुनमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ,’ उनी भन्छन् ।

लसुनको सही प्रयोग

लसुनको प्रयोग खानामा स्वाद बढाउन प्रयोग गरिन्छ । तोरीको तेलमा लसुनको केही केस्रा हालेर तताएर जोर्नी दुखाइमा प्रयोग गर्न सकिने पटेल बताउँछन् । दैनिक दुई ग्राम लसुनको सेवन गर्नु उपयोगी हुन्छ । दुईवटा केस्रा लसुन दुई ग्रामजति हुन्छ । रुघाखोकीको कफसम्बन्धी समस्यामा लसुनलाई महसँग मिसाएर खानु राम्रो हुन्छ । दुखाइसम्बन्धी समस्या कम गर्न लसुनलाई गाईको घिउमा पकाएर खान सकिने पटेल बताउँछन् ।

लसुनको बेफाइदा

लसुन धेरै नै गुणकारी छ । लसुनको प्रयोगले धेरैलाई फाइदा हुन्छ, तर कुनै रोगका विशेष बिरामीका लागि भने हानिकारक हुन्छ ।

सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्थाअनुसार लसुनको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा निक्र्योल गर्नुपर्ने पटेल सुझाउँछन् ।

धेरै मात्रामा लसुनको सेवनले ग्यास्ट्रिकको समस्या हुन सक्छ । साथै एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखालाजस्ता समस्यामा पनि लसुन सेवन नगर्नु नै उचित हुने उनी बताउँछन् । गर्भावस्थामा लसुनको प्रयोग पनि हानिकारक हुन सक्छ, किनकि लसुन गरम प्रकृतिको हुने भएकाले यसले गर्भमा रहेको शिशुलाई हानि पुर्‍याउन सक्ने पटेल बताउँछन् ।

‘रक्तअल्पता (एनिमिया)का बिरामीका लागि पनि लसुनको सेवन हानिकारक हुन सक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोबिनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हिमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ,’ उनी भन्छन् ।

लसुनको प्रयोगले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइडजस्ता रसायन निर्माण गर्न सहयोग पुर्‍याउँछ । यी रसायनहरुले मुटुको धमनीलाई आराम दिने गर्छ । ‘उच्च रक्तचाप हुनेका लागि लसुन फाइदाजनक हो, तर न्यून रक्तचाप हुनेका लागि लसुन खतरनाक पनि हुन सक्छ,’ पटेल भन्छन् ।

लसुनको बारेमा केही रोचक तथ्य

युरोपेली देशमा लसुनलाई ‘सेतो जादूको राजा’ मानिन्छ । मध्ययुरोपेली देशहरूमा लसुनलाई नजिक राख्दा ‘दुष्ट आत्मा र पिशाचहरू हाम्रो नजिक आउँदैनन्’ भन्ने विश्वास छ ।

इस्लाममा भनिएको छ मस्जिद जाँदा लसुन खानु हुँदैन, किनभने यसको तिखो गन्धले ध्यान भंग गर्छ । हिन्दूहरूको ठूलो वर्गले यस कारणले लसुन खाँदैन कि लसुनले हाम्रो प्रतिशोधात्मक गुणहरू जगाउँछ, जसले हाम्रो शुद्धतालाई नष्ट गर्छ । जैन धर्मका अनुयायी र बौद्ध धर्मका केही शाखाहरूलाई लसुन खान निषेध गरिएको छ ।

धेरै मानिस लसुन देखेर डराउँछन्, जसलाई चिकित्सा विज्ञानमा एलिम्फोबिया भनिन्छ । कपुरले लसुन जलाउँदा लामखुट्टे, झिंगा र कीराहरू भगाउँछ । लसुनको ल्वाङ्गलाई पानीमा मिसाएर अर्गानिक कीटनाशक बनाउन सकिन्छ ।

लसुनमा १७ एमिनो एसिड हुन्छ । यी एमिनो एसिडहरू शरीरको उचित कार्यका लागि धेरै महत्त्वपूर्ण छन् । चिनियाँ खानामा यति धेरै लसुन किन हुन्छ ? भन्ने धेरैले सोचका हुन सक्छन् । यसको कारण संसारको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुने भएर हो ।

लसुनले कोलेस्टेरोलको स्तर घटाएर मुटुको स्वास्थ्यका लागि मात्र फाइदा गर्दैन, यसले शरीरलाई चिसो र खोकीबाट पनि बचाउँछ । पेटको स्वास्थ्यका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ ।

लसुनको औषधीय गुण

लसुन आयुर्वेदिक उपचारमा बढी प्रयोग हुने गरेको पाइन्छ । लसुनमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिभाइरल गुणहरू हुन्छन् । जुन संक्रमणको जोखिमबाट बचाउन प्रभावकारी हुन सक्ने आयुर्वेद अनुसन्धानविज्ञ डा. विसुनदयाल प्रसाद पटेल बताउँछन् ।

बच्चामा कफ, श्वासप्रश्वासको समस्या र छाती घ्यारघ्यार भयो भने लसुनको रसले छातीमा घाँटीमा मालिस गरियो भने यस्ता समस्या कम भएर जाने उच्च रक्तचाप नियन्त्रणमा पनि लसुनको सेवन फाइदाजनक मानिने उनी बताउँछन् ।

‘घाउचोट लागेको ठाउँमा लसुनको रस लगाउँदा छिटो निको हुन्छ,’ डा. पटेल भन्छन्, ‘महिलामा महिनावारी गडबडीमा पनि यसको सेवनले महिनावारी नियमित गर्न मद्दत गर्छ ।’

Previous Post

७ दिन नेप्से बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ ३२ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ ३२ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.