HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो ।यसमा दैनिक एक चौथाइ ग्लास वाइन पिउनेहरूमा पिउँदै नपिउने मानिसहरूको तुलनामा हर्ट एट्याक वा स्ट्रोक जस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिम ५० प्रतिशतले घटेको पाइयो । तर दिनको एक ग्लासभन्दा धेरै वाइन पिउनेहरूमा भने वाइनले पार्ने सुरक्षात्मक प्रभाव हराएको अध्ययनका लेखक डा.रामोन एस्ट्रचले भनेका छन् । एष्ट्रचले बार्सिलोना विश्वविद्यालयमा मुटुसम्बन्धी रोग, पोष र बुढ्यौलीको अध्ययन गरिरहेका छन् ।

यो अध्ययनले स्वस्थकर आहार (जस्तै मेडिटेरियन आहार) अपनाउँदै ठिक्क मात्रामा वाइन खानुको महत्त्व जाँचेको एस्ट्रच भन्छन् । अध्ययनले वाइनलगायतका रक्सीले स्वास्थ्यमा पार्न सक्ने चिरपरिचित क्षतिबारे विचार नगरेको आलोचकहरू बताउँछन् ।

अध्ययनले थोरै मात्रामा वाइन खाँदा मुटुको रोग लाग्ने जोखिम कम हुन्छ भनेर भनेको भए पनि वाइनको बोतल खोल्नुपर्ने भरपर्दो कारण यसले देखाउन नसकेको विज्ञहरू बताउँछन् । अत्यधिक रक्सीको खपत मुटुको स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।धेरै रक्सी खाँदा मुटुको रोगको जोखिम बढ्छ नै साथै उच्च रक्तचाप जस्ता समस्याका साथै कलेजोमा समस्या देखिन्छ । यसका कारण ६ थरी क्यान्सर हुन्छ भनेर हालै गरिएको एउटा अध्ययनले पनि देखाएको थियो । रक्सी खाइने ग्लासको आकारबारे पनि विज्ञहरूले प्रश्न उठाएका छन् ।

‘मान्छेहरूले अलिकति वाइन खानु मुटुको लागि राम्रो हो’ भनिरहेको त आफूहरूले सुनेको तर ‘धेरै वाइन खानु मुटुको लागि राम्रो होइन’ भन्ने कुरा आफूहरूलाई थाहा भएको अक्सफोर्ड विश्वविद्यालयमा कार्डियोभस्कुलर मेडिशिनका प्राध्यापक पल लिसनले भनेका छन् । लिसन यो अध्ययनमा भने  सहभागी भएका थिएनन् ।

 

Previous Post

अनेरास्ववियुले नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने

Next Post

रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्दै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्दै

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.