सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न लागेको छ । मंगलबार नेप्सेमा करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक नेप्से पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर बन्द भएको छ ।
मंगलबार बजार परिसूचक नेप्से ३४.१७ वृद्धि हुँदा २०२०.६७ अंकमा बन्द भएको छ । यसअघि १५ फागुन २०७९ मा नेप्से २०२३.५४ अंकमा बन्द भएको थियो भने १६ फागुनमा २०१९.९३ अंकमा बन्द भएको थियो ।





Discussion about this post