HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

हो खबर by हो खबर
१ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन (मार्शल ल) घोषणा गरेका छन ।

मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक भएको जनाएका हुन्‌ ।

राष्ट्रपति यूनले यो कदम देश विरोधी तत्वलाई सखाप पार्न उठाइएको पनि दाबी गरेका छन्‌ । सैनिक शासन कहिलेसम्म लागू हुन्छ भन्ने उनले स्पष्ट पारेका छैनन्‌ ।

कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ । त्यहाँको विपक्षी पार्टीले सैनिक शासन लगाउने राष्ट्रपति यूनको कदमलाई असंवैधानिक भनेको छ ।

राष्ट्रपतिले सैनिक शासन घोषणा गर्नासाथ दक्षिण कोरियाको राजधानी सियोलका सडकमा मानिसहरू जम्मा हुन थालेका छन्‌ । उनीहरू त्यहाँको नेशनल एसेम्बली भवनबाहिर केन्द्रित हुँदैछन् ।

सैनिकहरूले सडकमा उत्रिएका मानिसलाई हटाउन बल प्रयोग गरिरहेको छ । सडकमा निकै ठूलो सङ्ख्यामा सैनिक तैनाथ गरिएको छ । प्रदर्शनकारीहरूलाई नेशनल एसेम्बलीभित्र प्रवेश गर्नबाट रोक्न सेनाहरूले प्रयास गरिरहेका छन्‌ ।

सियोलको आकाशमा सेनाले लडाकु हेलिकोप्टरबाट हवाई गस्ती थालेको छ । संसद भवनको छतमै हेलिकोप्टर उतारिएको छ । अधिकांश स्थानमा सेनाको विशेष बल (स्पेशल फोर्स) खटाइएको छ ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज मंसिर १९ गते बुधवार, हेर्नुहोस : राशिफल

Next Post

बुधबार कृष्णको पूजा गर्नुहोस्

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post

बुधबार कृष्णको पूजा गर्नुहोस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.