कुल ८९ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ ३, होटल तथा पर्यटन ४५१, जीवन बीमा ७, उत्पादन १०२, माइक्रोफाइनान्स १५ र अन्य उपसमूह ०.६ अंक बढे । विकास बैंक १८, फाइनान्स १६, जलविद्युत् ७, निर्जीवन बीमा ५, र ब्यापार उपसमूह ३ अंक घटे ।
प्रतिशतका आधारमा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । अभियान लघुवित्त, कालिन्चोक दर्शन, भूगोल इनर्जी, सिटी होटल र चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, हिमालयन डिस्टिलरी, शिवश्री हाइड्रोपावर, नागरिक लगानी कोष, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।






Discussion about this post