HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

स -साना बच्चामा हुने कब्जियतको समस्या ,कारण र समाधानको उपाए, जानौ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बालबालिका अस्पताल आउने प्रमुख कारणमध्ये एक कारण कब्जियत हो । हरेक तीनमध्ये एक जना बालबालिकामा कब्जियतको कुनै न कुनै समस्या देखिन्छ । दुई वर्षदेखि चार वर्षको उमेर समूहका बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ ।

आमाको दूधबाट बट्टाको वा गाईभैंसीको दूधमा जाँदा या ठोस खानेकुरा सुरु गर्दा विशेषगरी यस्तो समस्या देखिन्छ । ट्वाइलेट ट्रेनिङ सुरु गर्दा पनि यस्तो हुन्छ ।

यदि तपाईंको बच्चाले हप्तामा तीन पटक भन्दा कम दिसा गरेको छ या दिसा साह्रो आउँछ,दिसा गर्न गाह्रो हुन्छ र खुला भएर पूरा दिसा निस्किंदैन भने यो कब्जियतको लक्षण हुनसक्छ ।

कारण

बालबालिकामा कब्जियत हुने कारणमा उनीहरूको खानपिन तथा क्रियाकलाप प्रमुख रुपमा पर्छ भने जटिल आन्तरिक रोगहरु नगन्य मात्र हुने गर्छन् ।

खानपिन

पानी तथा फाइबरयुक्त खानेकुरा कम खाने बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ । फाइबरले पेटमा गएपछि पानी सोसेर दिसालाई नरम बनाउँछ र आन्द्राभित्र प्रवाह हुन सहयोग गर्छ । सागसब्जी, फलफूल तथा नफलेको अन्नमा फाइबरको मात्रा धेरै हुन्छ । विशेषगरी चिल्लो, मसालेदार तथा मैदाबाट बनेको खानेकुरा र गाईभैंसीको दूध धेरै खाने शिशुमा कब्जियतको समस्या धेरै हुन्छ ।

दिसा रोकेर बस्ने

बालबालिकाहरु टीभी, मोबाइल चलाउँदा या खेलिरहेको बेलामा दिसा लाग्दा पनि रोकेर बस्ने हुँदा दिसा झन् साह्रो भएर जम्छ र पछि दिसा गर्दा गाह्रो हुन्छ । फलस्वरूप उनीहरू दिसा गर्न डराउँछन् र झन् रोक्ने गर्छन् । यसले एक किसिमको कब्जियतको चक्रीय प्रणाली बनाउँछ र समस्या झन् जटिल हुन जान्छ ।

मनोभाव

कतिपय बालबालिकाहरु आफूले प्रयोग गरिरहेको ट्वाइलेट मात्र प्रयोग गर्न खोज्ने मनोभावका कारण बाहिर, स्कुलमा शौच गर्नबाट बच्न खोज्छन् । ट्वाइलेट ट्रेनिङ गर्ने समयमा पनि यो समस्या झनै धेरै देखिन्छ । घर तथा स्कुलमा हुने तनाव पनि कब्जियतको कारण हुनसक्छ ।

कसरत नगर्नु

नियमित कसरत गर्नाले आन्द्राको मांसपेशी चलायमान बनाउँछ र मलमूत्र छिटो सञ्चालन गर्न मद्दत गर्छ भने कम मात्र शारीरिक कसरत गर्नेमा कब्जियतको समस्या धेरै देखिन्छ ।

औषधिको सेवन

नसाको औषधि, पेन किलर तथा आइरनको सेवन गर्ने बालबालिकामा पनि कब्जियतको समस्या देखिन सक्छ ।

आन्तरिक रोग

बालबालिकामा कब्जियत हुने कारणमध्ये निकै कम मात्रामा आन्तरिक रोग हुने गर्छन् । थाइराइडको समस्या, मालद्वारको नसा राम्ररी विकास नहुनु तथा मेरुदण्डको समस्या आदि बालबालिकामा कब्जियतको कारणमध्ये एक कारण हुन् ।

लक्षणहरु

– दिसा कम गर्ने

– दिसा गर्दा कन्नुपर्ने, लामो समय लाग्ने

– दिसा ठूलो र साह्रो आउने

– दिसा गर्दा दुख्ने रुने

– पेट दुख्ने/फुल्ने

– दिसा चुहिने

– भोक नलाग्ने

– पटक-पटक पिसाबको संक्रमण भइरहने

घरेलु उपचार

प्रशस्त पानी पिलाउनुपर्छ । पानीले दिसालाई नरम बनाएर आन्द्रालाई सहज बनाउँछ । शिशुलाई दैनिक ३-४ गिलास पानी खुवाउन सकिन्छ । अंगुर, स्याउ, नास्पाती, आरुबखडाको जुस ६० देखि १२० मिलिलिटरसम्म दैनिक दिन सकिन्छ ।

फाइबरयुक्त खानेकुरा

सागसब्जी, फलफूल तथा नफलेको अन्नमा धेरै फाइबर पाइन्छ, जसले पानी सोसेर दिसालाई नरम बनाउँछ । बच्चाहरुले यस्तो खानेकुरा मन नपराउन सक्छ । सुरुमा कम मात्रामा सुरु गरेर बिस्तारै बढाउन सकिन्छ । स्याउ, अंगुर नास्पाती, आरुबखडा, पाकेको केरा, गेडागुडी, गाँजर, काँक्रो प्रशस्त मात्रामा फाइबर पाइने खानेकुरा हुन् । एक वर्षभन्दा ठूलो शिशुलाई अधिकतम ५०० मिलिलिटरसम्म दूध खुवाउन सकिन्छ ।

नियमित शौच गराउने

नियमित एकै किसिमको समय छुट्याएर हरेक दिन दुई पटक शौच गर्नका लागि प्रोत्साहित गर्ने । विशेषगरी खाना खाएपछिको समय शौच गर्न लगाउँदा राम्रोसँग निस्किने सम्भावना धेरै हुन्छ । बच्चालाई शौचालयमा कमसे कम १० मिनेट बस्नका लागि प्रोत्साहित गर्नुपर्छ । अनावश्यक दबाब भने दिनुहुँदैन ।

समयमा खाना खुवाउने

नियमित समयतालिका बनाएर खाना खुवाउँदा पाचनप्रणालीलाई सोही अनुसार फाइदा पुग्छ ।

कसरत

दैनिक शारीरिक कसरत जस्तै दौडिने, उफ्रिने, पौडिने क्रियाकलाप गर्न प्रोत्साहन गर्नुपर्छ ।

औषधि

दिसा नरम बनाउने औषधिहरु बजारमा पाइन्छन् । तर चिकित्सकको परामर्शविना जथाभावी खुवाउनु हुँदैन । ल्याक्टुलोज, पोलिइथाइलिन ग्लाईकोल, स्पागोल तथा ग्लिसिरिन बालबालिकाको कब्जियतमा प्रयोग गरिने चलनचल्तीका औषधि हुन् ।

डाक्टरलाई कहिले देखाउने ?

– जन्मेको २४-४८ घण्टाभित्रमा दिसा नगरेमा

– बच्चा दुब्लाउँदै गएमा

– खाना नखाएमा

– पेट फुलेमा/दुखेमा

– दिसामा रगत देखिएमा

– ज्वरो आउने

– बान्ता आउने

– दिसापिसाब चुहिने ।

Previous Post

नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च

Next Post

विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.