घर निर्माण गर्दा वास्तुको ध्यान राख्न निकै आवश्यक हुने गर्दछ। जुन ठाउँमा घरका सामान राख्ने गर्दछौँ, त्यसको असर हाम्रो जीवनमा पर्ने गर्दछ।
वास्तु शास्त्रमा सबैभन्दा अशुभ दिशा दक्षिणलाई बताइएको छ। भन्ने गरिन्छ, यस दिशामा केही चिज राख्ने गल्ती नगर्नु पर्दछ। यस्तो गर्दा घरका सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ।
आउनुहोस् जानौँ यस्ता वास्तुका बारेमा: घरको दक्षिण दिशामा कहिलै पनि घडी नराख्नुहोस्। किनकी यसलाई कालको दिशा मानिने गरिन्छ। घरको दक्षिण दिशामा घडी राख्दा घरको मुख्य व्यक्ति बिरामी हुने शास्त्रका उल्लेख छ।
घरको दक्षिण दिशामा फ्रिज नराख्नुहोस् ।किनकी घरको दक्षिण दिशाले अग्नि तत्वको प्रतिनिधित्व गर्ने गर्दछ। घरको दक्षिण दिशामा त्यो चिज नराख्नुहोस्। जसमा तपाईले पैसा राख्ने गर्नुहुन्छ।
यस दिशामा पैसा राख्दा आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ। वास्तु शास्त्रका अनुसार घरको दक्षिण दिशामा ऐक्वरियम राख्नु अशुभ मानिने गरिन्छ। यसो गर्दा पनि आर्थिक संकट पर्ने गर्दछ।





Discussion about this post