संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ ।
संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् ।समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।संविधान दिवसको अवसरमा रातो ध्वजामा संविधान दिवस २०८१ लेखी हेलिकप्टर द्वारा काठमाडौँ परिक्रमा र पुष्प वर्षा गरेका छन् ।







Discussion about this post