संखुवासभाको मकालु गाउँपालिका-३ समाटारमा ट्याक्टर दुर्घटना हुादा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको थियो ।खाँदबारी नगरपालिका-८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...
Read more







Discussion about this post