राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट घोषित भएका हुन्।
उक्त अवार्डका लागि मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै रोहितले अवार्ड जितेका हुन्।
आईसीसी विश्वकप लिग२ को लागि रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए।







Discussion about this post