• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:18:35+05:45301820266 2026-06-04T10:18:35+05:45000000Thu, 04 Jun 2026 10:18:35 +0545Thu, 04 Jun 2026 10:18:35 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000035Asia/Kathmandu 620266-10Jun+0545 301806Asia/Kathmandu3530am06p, 0000006ThursdayAsia/Kathmandu3535 262026000000 k620264 3010Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 10:18:35 +0545Asia/Kathmandu62026-06-04T10:18:35+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:18:35 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780547615' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:18:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:35 +05456 $100630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 10Asia/Kathmandu30_2026p301820266( '100630_2026ff35Asia/Kathmandu30' ) * 10+05451780547615R_04_thEC+05454Thuth ); } 18f ( '062635qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:18:35'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547615+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:18:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:35 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:18:35 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आईफोन १६ सिरिज सार्वजनिक भएसंगै कति छ सुरुवाती मूल्य?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा ठूलो परिवर्तन गर्दा प्रो मोडेलको डिजाइन पूर्ण रूपमा फेरिएको छ ।आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले रहेको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।एप्पलले यसअघिका आईफोनभन्दा नयाँ मोडेलको फ्रेम बढी बलियो र टिकाउ हुने बताएको छ ।

यी मोडेलमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्यानेजमेन्टको सुविधा भएको कम्पनीले जनाएको छ । तर ब्याट्रीको क्षमता भने खुलाइएको छैन ।

एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ सिरिजमा सिरीसँग जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर टाइप गरिदिनेछ ।

यसमा भएको एआईले फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ ।

आईफोन १६ का बेसिक मोडेलमा ए १८ बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ ।

फोटोग्राफीका लागि आईफोन १६ र आईफोन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ । यसले ४८ एमबीसम्मको फोटो खिच्न सक्छ । यी बेसिक मोडेलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीले जनाएको छ ।

यसमा भएको १२ मेगापिक्सेलको क्यामेरामा टु एक्स टेलिफोटो सेन्सर ​अटोफोकस सहितको अल्ट्रावाइड क्यामेराको काम गर्नेछ । यी दुई ओटा क्यामेराबाट चार ओटा क्यामेरा सेन्सरले गर्ने बराबरको फाइदा पाउनसक्ने जनाएको छ ।

पहिलो पटक कम्पनीले आईफोनमा स्पासियल फोटो खिच्न सकिने सुविधा समावेश गरेको छ । अर्थात् यसबाट खिचिएको फोटो र भिडिओलाई भिजन प्रो हेडसेटमा प्रयोग गर्न सकिन्छ ।

भिडिओमा अडिओ क्वालिटी पनि धेरै राम्रो हुने र त्यसमा भएको मेसिन लर्निङले अनावश्यक साउन्ड तत्कालै हटाइदिने बताइएको छ । त्यस्तै फोटोजको लाइब्रेरी कस्टमाइज गर्न सकिनेछ । अर्थात् लाइब्रेरी प्रयोगकर्ताले चाहे अनुसार फोटो मिलाएर राख्ने सक्नेछन् ।

आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ । यसमा अटो फोकसको सुविधा पनि छ । टेलिफोटो क्यामेराका सन्दर्भमा यसमा १२ मेगापिक्सेलको फाइभ एक्स जिम टेलिफोटो क्यामेरा रहेको छ ।

यसमा रहेको क्यामेरा कन्ट्रोल बटनबाटै फोटो वा भिडिओ स्विच गर्न सकिन्छ । फोटो वा भिडिओको एक्सोजर पनि क्यामेरा कन्ट्रोल बटनबाट मिलाउन सकिने छ । सब्जेक्ट फोकस नहटाई फ्रेम मिलाउन सकिने पनि क्याप्चर बटनले सहयोग गर्नेछ । कन्ट्रोल प्याडबाट फोटोको कलर एड्जस्ट गर्न सकिने छ भने क्यामेरा कन्ट्रोल बटनबाटै कलर ग्रेडियन्ट मिलाउन सकिने छ ।

भिडिओका सन्दर्भमा यसबाट फोरके रेजोलुसनसम्मको भिडिओ खिच्न सकिनेछ । १२० एफपीएसमा यसबाट सिनेम्याटिक स्लोमोसन भिडिओ खिच्न सकिनेछ ।

१२० एफपीएसमा अन्य किसिमका भिडिओ पनि खिच्न सकिने बताइएको छ । एकै पटक भिडिओ खिच्दा कति फ्रेममा खिच्ने भन्ने तत्कालै सेट गर्न सकिने छ । त्यसबाहेक क्याप्चर बटनबाटै विभिन्न साइजको फोटो खिच्न सकिनेछ ।

अडियोका सन्दर्भमा यसमा चार ओटा स्टुडिओ क्वालिटी माइक छन् । गुणस्तरीय अडियो रेकर्ड गर्न यी माइक उपयुक्त हुने दाबी कम्पनीको छ । एयरपड्स प्रो र भिजन प्रोका लागि उपयुक्त हुने अडिओ पनि यिनै माइकको सहायताले रेकर्ड गर्न सकिन्छ ।

आईफोन १६ को मूल्य अमेरिकी बजारमा ७९९ डलर (करिब एक लाख सात हजार रुपैयाँ) र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २० हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ ।

Previous Post

नेपाली बजारमा सुनको मुल्य फेरी बढ्यो

Next Post

शरीरमा पानीको मात्रा पर्याप्त नभए कुन कुन रोग लाग्छ ?थाहा पाउनुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

शरीरमा पानीको मात्रा पर्याप्त नभए कुन कुन रोग लाग्छ ?थाहा पाउनुहोस्

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In