काभा महिला भलिबल लिगको उपाधि जितेको भारतलाई नेपालको चुच्चे नक्सासहितको ट्रफी प्रदान गरिएको छ ।
बुधबार भएको फाइनलमा नेपाललाई हराउँदै उपाधि उचालेको भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सासहितको ट्रफी लगेकाे हाे। लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले आफ्नो भएको दाबी गर्दै आइरहेको छ ।
पाँचौं सेट भने भारतले १५– ५ ले सजिलै जितेको थियो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३(० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।







Discussion about this post