नेपाली सङ्गीत क्षेत्रका चर्चित एवं शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ।
लामो समयदेखि मिर्गौला रोगका कारण ग्रसित उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो। उपचारका लागि आर्थिक सङ्कटको सामना गरिरहेका उनी उपचार गराउन नसकेर केही दिन अघि मात्रै काठमाडौँबाट आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए।
नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार तथा सङ्गीत गुरुका रूपमा परिचित उनको निधनले नेपाली सङ्गीत जगत दुःखी बनेको छ।







Discussion about this post