HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

डिप्रेसन रोगीका लागि एभोगाडो निकै उपयोगी !

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पछिल्लो समय एभोकाडो फलको उत्पादन बढ्दै गएको छ । यसलाई कुलु नास्पती (एलिगेटर) वा माखन फल पनि भन्ने गरिन्छ ।स्वास्थ्यका लागि फाइदैफाइदा भएको यस फलको महत्त्व भने अझै पनि मानिसहरूले बुझ्न सकेका छैनन् । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् । यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।

एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पति भएको मानिन्छ । आयुर्वेदका दृष्टिकोणले यसमा धेरै नै औषधीय गुणहरू छन् । हाम्रो शरीरका लागि चाहिने सम्पूर्ण पोषक तत्वहरू एउटा एभोकाडोबाट पाउन सकिन्छ । यो फलको उत्पादन समुद्र सतहबाट २५ सय मिटरसम्मको उचाइमा हुन्छ । यसमा शरीरका लागि फाइदाजनक फ्याट र कार्बोहाइड्रेट पाइन्छ । नेपालका विभिन्न ठाउँहरूमा आजभोलि मानिसहरूले यसको खेती गर्न थालेका छन् ।किसानले नेपालको पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा मजाले यसको उत्पादन गर्दैछन् । किसानले गतिलो आम्दानी पनि गरिरहेका छन् । एभोकाडो लगभग ५५ वर्षसम्म जिवीत हुने फल हो । बिरुवा रोपेको एकदेखि पाँच वर्षसम्ममा फल लाग्न सुरु हुन्छ । एकै बोटमा एकसय देखि ५ सय वटासम्म फल लाग्ने किसान बताउँछन् ।

एभोकाडो हरियो रंगको बाक्लो बोक्रा भएको फल हो । यसमा धेरै क्यालोरी हुन्छ । एक मध्यम एभोकाडोको एक औंसमा ५० क्यालोरी हुन्छ । एभोकाडोमा बोसोजन्य पदार्थ धेरै हुन्छ । तर यो मोनोअनस्याचुरेटेड फ्याट हो, जुन ‘राम्रो फ्याट’ हो जसले खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ ।

एभोकाडोमा लगभग २० भिटामिन र खनिज पदार्थ पाइन्छ । यसमा चिनीको मात्रा कम हुन्छ । यस फलमा फाइबरको मात्रा बढी हुन्छ, जुन स्वास्थ्यबद्र्धक हुन्छ । यसमा अत्यधिक पोटासियम हुन्छ । पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । यस फलको सेवन गरेमा हृदयघात र मृगौला खराब हुने समस्याबाट राहत हुन्छ ।

पौष्टिक खाना समावेश गर्ने स्वस्थ जीवनशैलीले रोगलाई रोक्न र उल्टाउन मद्दत गर्न सक्छ । एभोकाडो पनि यस्तै एक स्वस्थ खाना हो । यसबाट प्राप्त हुने भिटामिन, खनिज र स्वस्थ बोसोले रोगलाई रोक्न र शरीरलाई सिस्टममा राख्न मद्दत गर्दछ । क्यान्सरको उपचार गर्दा केमो थारापीको साइड इफेक्ट कम गराउन यो फल निकै नै प्रभावकारी मानिन्छ ।

यसबाट प्राप्त गर्ने फोलेटले प्रोस्टेट र कोलोन क्यान्सर जस्ता निश्चित क्यान्सरहरूको जोखिम कम गर्न सक्छ । एभोकाडोमा रहेको पोषक तत्वले क्यान्सर रोग निवारण गर्न मद्दत पनि गर्नसक्छ । यो यस्तो पौष्टिक तत्वले भरिएको फल हो, जुन खाएपछि भोक लागेको महसुस हुँदैन ।

धैरै मात्रामा फाइबर पाइने यो फल सेवन गर्दा चाँडै भोक लाग्दैन । भोक नलागे पनि शरीरमा शक्ति प्रदान गरेको हुन्छ । भोक चाँडै नलाग्नाले मानिसको तौल घटाउन पनि सहयोग पुग्छ । एभोकाडोबाट औषधीय गुणहरू भएको तेल पनि निकाल्न सकिन्छ ।

यसको सेवनले ओस्टियोआर्थराइटिस लक्षणहरू कम गर्न सक्छ । एभोकाडोमा पाइने भिटामिन ‘के’ ले हड्डीमा हुने क्षति कम गर्छ । ओस्टियोपोरोसिस समस्याबाट बचाएर शरीरको हड्डीलाई स्वस्थ बनाउँछ । एभोकाडोमा फोलेटको उच्च स्तर हुन्छ । यसले डिप्रेसनका लक्षणहरू हटाइदिन मद्दत गर्न सक्छ । दीर्घकालीन मधुमेह, अल्जाइमर रोग, र गठियासहित धेरै रोगहरूका लागि यो फल प्रभावकारी हुनछ । एभोकाडोमा पाइने भिटामिन ईले मानिसको शरीर फुल्ने क्रमलाई कम गर्छ ।

यो फल फाइबरले भरिएको हुन्छ । तिनीहरू विशेष गरी अघुलनशील फाइबरमा उच्च छन् । यसमा हुने फाइबरले मानिसको स्वास्थ्यलाई नियमितरूपमा संतुलनमा राख्छ र कब्जियतबाट पनि बचाउँछ । एभोकाडोमा पोटासियम प्रशस्त हुन्छ । पोटासियमले रगतमा सोडियमको स्तर घटाएर र रक्तनलीका पर्खालहरूमा तनाव कम गरेर रक्तचापको उचित स्तर बनाउन मद्दत गर्छ ।

एभोकाडोमा स्वस्थ बोसो ‘ओलिक एसिड’ पाइन्छ । मोनोअनस्याचुरेटेड फ्याटी एसिड हुन्छ । फलफूलजन्य यसमा पाइने एक किसिमको बोसोले मुटु सुनिन दिँदैन । यस्तै यसमा बिटा–सिटोस्टेरोल भनिने पोषक तत्व पनि हुन्छ । यस पोषक तत्वले कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ ।

यस्तै यस फलमा लुटेन र जेक्सान्थिन दुई एन्टिअक्सिडेन्टहरू हुन्छन् । यी तत्वहरू आँखाका लागि प्रभावकारी मानिन्छ । तिनीहरूले यूवी प्रकाशको क्षतिबाट आँखाका तन्तुहरूलाई जोगाउन मद्दत गर्छन् । मोतिबिन्दु र म्याकुलर डिजेनेसन दुवैलाई रोक्न मद्दत गर्छन्।

Previous Post

मुकुल ढकाल भन्छन:स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो

Next Post

एक पटक पाकेको चिया फेरी तताएर खानु वा बढी उमालेर खानु बेफाइदा हुन्छ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

एक पटक पाकेको चिया फेरी तताएर खानु वा बढी उमालेर खानु बेफाइदा हुन्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.