सेयर कारोबार मापक नेप्से परिसुचक ५. ३७ अंकले घटेको छ ।
साताको पहिलो दिन शून्य दशमलव २५ प्रतिशतले घटेको नेप्से बिन्दु २०६२.९४ अंकमा सिमित भएको हो ।
आज कुल २४७ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६४ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् आयोजना र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५८ प्रतिशतले घट्यो । सनराइच ब्लुचिप फन्डको मूल्य ५.२४ प्रतिशतले घट्यो ।





Discussion about this post