• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:10:59+05:45301020266 2026-06-04T10:10:59+05:45000000Thu, 04 Jun 2026 10:10:59 +0545Thu, 04 Jun 2026 10:10:59 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-10Jun+0545 301006Asia/Kathmandu5930am06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3010Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 10:10:59 +0545Asia/Kathmandu62026-06-04T10:10:59+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:10:59 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu5930am06p' === $3026pAsia/Kathmandu || '1780547159' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:10:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:10:59 +05456 $100630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 10Asia/Kathmandu30_2026p301020266( '100630_2026ff59Asia/Kathmandu30' ) * 10+05451780547159R_04_thEC+05454Thuth ); } 10f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:10:59'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547159+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:10:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:10:59 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:10:59 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सडकमुनि छोपिएको भैरव खुला गराइयो

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
default

default

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ ।

करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन् । उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइयो । खुशी छौँ ।’ स्थान खुला गराउँदा उनीहरुले भैरवको जय, भन्दै सुखानुभूति प्रकट गरेका थिए ।

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् । यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन । भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गार का बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ।

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’

लेखिएको कुरा भेटिएको छैन तर, यस ठाउँसँग अन्य ठाउँका देवी देवताको सम्बन्ध रहेको चलन अझै पनि छन् । वडा सदस्य रसला तण्डुकार भन्छिन्, ‘गएको जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच नचाइएको थियो । टेकुको पचली भैरवको जात्रा अहिले पनि धुमधाम चल्छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।

पूर्ववडाध्यक्ष किरण श्रेष्ठ भन्छन्, ‘शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेका थिए । यहाँ गाडिएका ४ ढुङ्गे खम्बाहरु हरेक खम्बा १ सय जना शंकराचार्यका गणका प्रतीक मानिन्छन् । उनी यहीँ मारिकाले व्रह्महत्याको दोष लागेको यस ठाउँमा जनै गाडिएको मान्यता पनि छ ।’  वाणा र शंकराचार्यको युद्धमा भैरव कसरी आए त? सिलसिलावद्ध कथा कसैले सुनाउन सक्नु भएन ।

सम्बन्ध नजिकको कथा सुनाउँदै विक्रमदासले भने, ‘४ सय शंकराचार्य गण मारिएपछि यो सन्देश शिवलाई पुग्यो । यसपछि शंकराचार्यको भेष धारणा गरेर शिव युद्ध स्थलमा आउनुभयो । उहाँले युद्ध गर्दा वाणामा शक्ति धेर भएको महसुस भएपछि अन्तरदृष्टिले हेर्दा कमण्डलुमा राखिएकी सरस्वतीको सहयोग प्राप्त भएको थाहा भयो । यसपछि शिवले कमण्डलुको पानी घोप्ट्याएर वाणालाई सरस्वतीको सहयोग टुटाउनु भएको र युद्ध जितेपछि शिवले भैरव रुप धारण गरेर यहाँ रहनुभएको हो ।’

पूर्ववडाध्यक्ष श्रेष्ठले कथा मिल्दो तर ठाउँ फरक भएको प्रसङ् सुनाउँदै भने, ‘शंकरकीर्ति विहारको माथिल्लो तलामा पर्दाले छोपेर वाणाले सरस्वतीसँग सहयोग लिनुभएको थियो । यो थाहा पाएर शंकराचार्यको रुप धारण गरेका शिवले पर्दा खालेर सरस्वतीको सहयोगबाट वाणालाई मुक्त गराए । त्यसपछि वाणाको पराजय भयो । सरस्वतीलाई लाजिम्पाटमा लगेर स्थान दिए । अहिले यो ठाउँ नील सरस्वतीका नामले परिचित छ ।’

‘शंकरकीर्ति विहार’ नामको अर्थ खोज्ने हो भने पनि शंकरसँग केही सम्बन्ध केलाउन सकिन्छ । यो नाम शंकरकीर्तिले हिन्दूमार्गी र विहारले बौद्धमार्गी भाव जनाउँछ । यसरी हेर्दा चारढुङ्गेसँग विहारको सम्बन्ध जोडेर प्राचीनता खोजी गर्न सक्ने देखिन्छ ।

चार ढुङ्गे मात्र होइन । यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ (धार्मिक मान्यताअनुसार नकारात्मक तत्व) प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो । सहर विस्तारसँगै ती सिंहहरु पनि हराएका छन् । अब ती सिंहको विषय पनि उठान गर्छौँ ।’

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउछन् ।

Previous Post

बुटवलको डेल्टा कम्प्लेक्स जलेर ध्वस्त भयो

Next Post

यी प्रदेशमा मेघगर्जनसहित वर्षा,

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

यी प्रदेशमा मेघगर्जनसहित वर्षा,

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In