मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।
काठमाडौंको जामेलगायतका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्माबलम्वीहरुको भीड छ ।
उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको जनविश्वास छ । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।







Discussion about this post