HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अर्घाखाँचीमा सुविधा सम्पन्न अत्याधुनिक जिल्ला अस्पताल भवन बन्ने

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अत्यन्तै पुरानो जीर्ण भवनबाट सेवा दिइरहेको जिल्ला अस्पताल अर्घाखाँचीको स्वरुप फेरिने भएको छ । जिल्ला अस्पतालको नयाँ भवन अब अत्याधुनिक सुविधासहित ५० शय्याको निर्माण हुन लागेको हो ।

करिब ४८ करोड रुपैयाँ लागतमा तयार हुने आधुनिक भवनको निर्माण कार्य शुरु गर्नका लागि नक्सा बनाउने सम्बन्धित सरोकारवालासँग छलफल गर्नेजस्ता कामहरु पूरा गरी अब टेन्डर निकाल्ने तयारी गरिएको संघीय आयोजना कार्यान्वयन इकाइ सिद्धार्थनगर रुपन्देहीका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

पन्थीका अनुसार मास्टरप्लान बनाएर दुई चरणमा अस्पतालको भवन निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार पहिलो चरणमा मुख्य अस्पताल, सीएससी भवन, क्यन्टिन र प्रशासनिक भवनसहित चार वटा अलग अलग भवन तयार गर्ने गरी नक्सा तयार भएको छ।

पहिलो चरणमा पार्किङसहितको ल्याण्ड स्केपिङ, फोहोरमैला व्यवस्थापनसहितको अस्पताल भवन बन्ने छ भने दोस्रो चरणमा कर्मचारीहरुको आवासलगायतका अन्य भवनहरु बन्नेछ । तर हाल पहिलो चरणको निर्माण कार्य मात्र संघीय सरकारले अगाडि बढाउन लागेको आयोजना प्रमुख पन्थीको भनाइ छ ।

भवन बनाउनका लागि अस्पताल प्रशासनसँग छलफल गरी प्राप्त सुझाव समावेश गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सीएलपीआईयुअन्तर्गत यसको बजेट संघीय सरकारको हुने र प्राविधिक पाटो एफपीआईयु रुपन्देहीले निर्वाह गर्ने उपसचिव इन्जिनियर पन्थीले बताए । तीन वर्ष अर्थात २०८४ असोज मसान्तसम्म भवन तयार भएर हस्तान्तरण हुनेसमेत आयोजना प्रमुख पन्थीले दाबी गरे ।

लामो समयसम्म १५ शय्याको मात्र रहेको जिल्ला अस्पताल अर्घाखाँची अहिले ५० शय्यामा स्तरोन्नति भएको र ५० शय्याका लागि आवश्यक जनशक्ति र उपकरण राख्न भवन नभएको गुनासो धेरै आउन थालेपछि सरोकारवालाले पहल गरेपछि अस्पतालको आधुनिक भवन निर्माण हुने भएको हो । भवन निर्माण भएपछि जनशक्ति र उपकरणसमेत थप हुनेछ ।

अस्पतालमा बिरामी राख्ने ठाउँ नहुँदा उपचारमा निकै समस्या हुने गरेको थियो । अब नयाँ भवन निर्माण भएपछि बिरामीसँगै आफूहरुलाई पनि सेवा प्रवाहमा सहजता आउने जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

आयोजना कार्यान्वयन इकाइ प्रमुखको रुपमा आएका कार्यालय प्रमुख उपसचिव इन्जिनियर पन्थी बुटवल सभाहल निर्माणलगायत गुणस्तरीय काम गराउन सफल विवाद रहित इन्जिनियर हुन् ।

Previous Post

बुद्धको यो उपदेशले सेकेन्डमै ल्याउनेछ परिवर्तन

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ २७ गते आइतवार हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
११ सेकेन्ड अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२ मिनेट अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ २७ गते आइतवार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.