HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मानिसमा किन आउँछ नकारात्मक विचार ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जब मानिसले सोचेभन्दा विपरीत भइदिन्छ, त्यसपश्चात् उसमा निराशापन आउने गर्छ । जसले पछि गएर नकारात्मक सोचको विकास गर्छ ।

निराशापनले सोच र व्यवहारमा परिवर्तन ल्याइदिन्छ । यदि समयमै यसको सही समाधान भएन भने ठूलो समस्यासमेत निम्तिन सक्छ । अस्वस्थताको कारण नकारात्मक सोच पनि मानिन्छ ।

शारीरिक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबडीले गर्दा नकारात्मक सोच आउने गर्छ । जसले आत्मविश्वास हराउने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिन जस्तो लाग्ने, बोल्न डराउने र निरास हुने जस्ता लक्षण देखिन्छन् ।

यसको कारण र बच्ने उपाएबारे मनोविद्को भनाई के छ हेरौं ।

कारण

आफूले चाहेको कुरा पूरा नहुनु नकारात्मकताको मुख्य कारण हो । जसले गर्दा व्यक्तिमा निराशापन बढाइदिन्छ । फलस्वरुप सही निर्णय नलिने तथा व्यवहारमा नकारात्मक परिवर्तन हुँदै जान्छ ।

हरेक व्यक्तिले आफूले गरेको काममा प्रशंसा पाउन खोज्छ, तर कतिपय समयमा यो सम्भव हुँदैन । खासगरी, बालबालिका यस्तो अवस्थाबाट गुज्रने गर्छन् । कामको सही मुल्यांकन नहुँदा पनि नकारात्मकता बढेर जान्छ ।

हरेक व्यक्तिमा केही न केही गर्न सक्ने जैविक क्षमता हुन्छ । तर, हाम्रो समाजमा आफूले गर्न खोजेको कामभन्दा पनि अरुले महत्वपूर्ण ठानेको काममा बढी केन्द्रित हुने चलन छ ।

जसले गर्दा काममा फिट हुन सकिँदैन । बिस्तारै नकारात्मक सोचको विकास हुँदै जान्छ ।

वरपरको वातावरणले समेत व्यक्तिको दिमागमा असर परिरहेको हुन्छ । घरपरिवार, समाजमा हरेक विषयमा नकारात्मक सोच राख्ने वातावरण भएमा बालबालिकामा पनि त्यही तहको सोच विकास हुन्छ ।

बच्ने उपाय

नकारात्मक सोच आफ्नै लागि पनि घातक हुन्छ । नकारात्मक सोच बढ्दै गएपछि बाइपोलर डिसअर्डरजस्तो मानसिक रोग निम्तिन सक्छ । तसर्थ, सकारात्मक सोच विकास गर्ने प्रयत्न गर्नुपर्छ ।

आफ्नो क्षमता र रुचिअनुसारको काम गर्नुपर्छ । जसले सजिलै सफलता पाउन सकिने भएकाले निराशापनबाट बचाउँछ ।

नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ । त्यस्तै, पढाइ र करिअर छनोटमा पनि दबाब नदिई अभिभावक र शिक्षकले सही मार्गदर्शन दिनुपर्छ ।

बारम्बार नकारात्मक सोचाई आउँछ भने योग, ध्यान तथा शान्त वातावरणमा बस्ने गर्नुपर्छ ।

Previous Post

बुधबार मेघगर्जनसहित वर्षा,यी प्रदेशमा

Next Post

डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सांकेतिक तस्बिर

डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.