मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन्।
यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन्।
यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन्। घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ।
उनले श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन्।







Discussion about this post