HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यसरी बदलिँदैछ मानिसको सोच यौनका विषयमा , भविष्य के होला ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ब्रेन्डन एम्ब्रोसिनो, बीबीसी। हाम्रो समाजमा यौन यस्तो विषय हो जसमा रुचि त बैको छ तर कुरा गर्न मानिस हिच्किचाउँछन् । पुरुषहरु त कुनै न कुनै तरिकाले यस विषयमा आफ्नो धारणा राख्छन् तर महिलाहरुले खुलेर यस विषयमा कुरा गर्न चाहे भने उनीहरुलाई गलत नजरले हेरिन्छ । यौनका विषयमा महिलाहरु लज्जाबोध र सामाजिक बन्देजका कारण धेरैजसो मौन रहन्छन् ।

हुन त हाम्रो प्राचीन समाज शारीरिक सम्बन्धका विषयमा खुला विचारको थियो । जसको उदाहरण हामीले विभिन्न मन्दिरमा कुँदिएका यौनजन्य कलाकृति र वात्स्यायनको विश्वप्रसिद्ध ग्रन्थ ‘कामसूत्र’सम्ममा देख्न सक्छौं । तर, समाज अगाडि बढ्दै जाँदा हाम्रो समाज शारीरिक सम्बनधप्रति संकुचित हुँदै गयो । महिला पुरुषको यौन सम्बन्धसँग सम्बन्धित कुराहरुमा पर्देदारी र पहरेदारी भयो । अहिले भने यौन सम्बन्धलाई लिएर फेरि एउटा ठूलो परिवर्तन आइरहेछ । यस्तो परिवर्तन जो क्रान्तिकारी छ ।

प्राकृतिक रुपमा यौनको अर्थ सन्तान उत्पादन गर्ने र परिवार बढाउनेसम्म मात्र सीमित थियो । तर विज्ञानका कारण अब यौनबिना पनि सन्तान उत्पादन गर्न सकिन्छ । आइभिएफ र टेस्टट्युब बेबीको माध्यमबाट यो सम्भव छ । संसारको पहिलो टेस्ट ट्युब बेबी १९७८ मा जन्मिएको थियो । त्यसपछि अहिलेसम्म संसारमा यो प्रविधिबाट ८० लाख बच्चा आइसकेका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार भविष्यमा यो तरिकाले जन्मिने बच्चाहरुको संख्यामा ठूलो वृद्धि हुनेछ । लेखक हेनरी टी ग्रीली आउने समयमा २० देखि ४० वर्ष उमेरका स्वस्थ जोडी ल्याबमा गर्भधारण गर्न मन पराउनेछन् । उनीहरु यौन सन्तान उत्पादनको लागि नभइ शारीरिक सुख र खुसीको लागि गर्नेछन् ।

यदि बच्चा यौनबिना जन्मिन सक्छन् भने यौनको के आवश्यकता ? यौनको काम महिला पुरुषको शारीरिक आवश्यकता पूरा गर्नु र उनीहरुको सम्बन्ध बलियो बनाउनु हो । तर यहाँ धर्म पनि निकै ठूलो बाधा बनेको छ ।

हरेक धर्ममा यौन सम्बन्धका विषयमा धेरै बन्देज र नियम कानुन छन् । इसाइ धर्ममा भनिएको छ कि महिला पुरुषले यौन केवल सन्तान उत्पादनको लागि गर्नुपर्छ । यदि शारीरिक सुखको लागि सम्भोग गरियो भने त्यो अनैतिक हो । यद्यपि इसाइ धर्मको पनि पुरानो किताबको सोलोमोन सङगमा जोशका साथ सम्भोग गर्नु राम्रो भएको उल्लेख छ । साथै सम्भोगलाई पति पत्नीको बीचको मात्र होइन दुई प्रेम गर्नेहरुको बीचको निजी कुरा बताइएको छ ।

ग्रीसका महान दार्शनिक अरस्तु यस विषयमा प्रकाश पार्दै भन्छन् कि प्रेम कामुक इच्छाहरुको अन्त्य हो । अर्थात यदि २ जनाबीच प्रेम छ भने त्यसको मुकाम शारीरिक सम्बन्ध बनाएपछि पूरा हुन्छ । उनका अनुसार सम्भोग कुनै मामुली काम होइन बरु यो त कसैलाई माया गर्ने र कसैको माया पाउनको लागि एक जरुरी र सम्मानजनक काम हो । अमेरिकी समाजशास्त्री डेभिड हालपेरिनका अनुसार सम्भोग केवल सम्भोगका लागि हुन्छ । त्यसमा आवश्यकता पूरा गर्ने वा कुनैसम्बन्ध बलियो बनाउने जस्तो कुनै चीज हुँदैन ।

हुन सक्छ जब मानिसले सम्भोग सुरु गरे त्यो बेला यो शारीरिक आवश्यकता पूरा गर्ने माध्यम मात्र थियो । जब परिवार बन्न थाले त्यसपछि सम्बन्ध बलियो बनाउने माध्यम पनि सम्झिन थालिएको हुन सक्छ । तर आज समाज पूरै बदलिएको छ । आज त सम्भोग पैसा दिएर गरिन्छ । धेरै मानिसहरु पेशागत जीवनमा अगाडि बढ्न यौनलाई हतियार बनाउँछन् ।

यस्तो स्थितिमा निश्चय पनि कुनै एकको त शारीरिक आवश्यकता पूरा हुन्छ तर सम्बन्ध बलियो हुने वा भावनात्मक रुपमा एक अर्कासँग जोडिने कुरा हुँदैन । यस्तोमा सम्भोगको मतलब के ? यसको मतलब यही हो कि सम्भोग केवल सम्भोगको लागि गरियोस् । यसमा गहन कुरा नखोजियोस् ।

बदलिँदो समयसँगै आन न केवल मानवीय सम्बन्ध बदलिएका छन्, यौन सम्बनधलाई लिएर मानिसको व्यवहार र सम्बन्धप्रतिको सोच पनि बदलिएको छ । २०१५ मा अमेरिकाको सान डियागो विश्वविद्यालयकी प्राध्यापक जीव एम ट्वींगले एक अनुसन्धानमा भनेका छन् कि १९७० देखि २०१० सम्म अमेरिकामा धेरै हदसम्म मानिसहरुले विवाहपूर्व शारीरिक सम्बन्ध स्वीकार गर्न थालेका थिए ।

नयाँ पिढीको मान्यता छ कि यौनिकता समाजका बन्धनमा बाँधिनु हुँदैन । अनुसन्धानकर्ता ट्वींगका अनुसार यौनिक नैतिकता समयमा निर्भर छैन । त्यसमा परिवर्तन भइरहेका छन् र भविष्यमा पनि परिवर्तन जारी रहनेछ । अब त यो परिवर्तन यति छिटो भइरहेको छ कि शायद हामी यो परिवर्तन स्वीकार गर्न तयार पनि छेनौं ।

शारीरिक म्बन्ध केवल महिला पुरुषमा मात्र हुँदैन । लेस्बियन र गे सम्बनधलाई पनि कैयौं देशले मान्यता दिन थालिसकेका छन् । यो कुनै मानसिक वा शारीरिक विकृति पनि होइन । धार्मिक र सामाजिक रुपमा भने यी दुवैलाई अनैतिक व्यवहार मानिन्छ ।

धर्मले त भन्छ कि समान लिंग भएका जनावर समेत आपसमा सम्बन्ध बनाउँदैनन् । किनकि उनीहरुलाई थाहा छ यो अनैतिक हो । तर विज्ञान भन्छ जापानी मकाक, फलमा लाग्ने झिँगा, फ्लोर फ्लाइज, अल्ब्राटर पक्षी र बोटल नोज डल्फिन समेत यता करिब ५०० प्रजाति छन् जो समान लिंगमा यौन सम्बनध राख्छन् । तर हामी यिनीहरुलाई लेस्बियन, गे वा हेट्रोसेक्सुअल जस्ता नाम दिँदैनौं ।

आखिर यो सबको बीचमा रेखा खस्ले खिच्यो ? शायद उनीहरुले जसले सम्भोगलाई केवल सन्तान जन्माउने आवश्यकता सम्झे । यदि ‘सम्भोग किन ?’ शब्दावलीबाट प्रश्नवाचन चिन्ह हटाइयो भने मानिसहरु यसको राम्रो मतलब बुझ्न सक्छन् । सम्भोगको इच्छा प्राकृतिक प्रक्रिया हो ।

जसरी यौन सम्बन्धप्रति मानिसहरु सोच बदलिइरहेको छ, त्यसरी नै मानिसहरुले लेस्बियन र गे सम्बन्धलाई स्वीकार गर्न थालेका छन् । हालै १४१ देशमा गरिएको अनुसन्धानले बताउँछ कि १९८१ देखि २०१४ सम्म एलजीबीटी समुदायलाई स्वीकार गर्ने दरमा करिब ५७ प्रतिशत वृद्धि भएको छ । यसमा मिडिया, मेडिकल सपोर्ट र मनोवैज्ञानिक संस्थाहरुको सकारात्मक साथले निकै शहम भूमिका निभाएका छन् ।

यसका अलावा आज पोर्न हेर्ने चलन जति बढिसकेको छ त्यसले प्रस्ट हुन्छ कि मानिसहरुमा सम्भोगको भोक कति छ । पोर्न हेरेर सबथोक पाइयोस् वा नपाइयोस्, यौनको इच्छा धेरै हदसम्म शान्त हुन्छ । जानकारहरुले त यतिसम्म भन्छन् कि भविष्यमा सम्भोग अझै धेरै डिजिटल र सिन्थेटिक हुनेछ । यतिमात्र होइन भविष्यमा सम्भोगका अरु पनि नयाँ नयाँ तरिका आउन सक्छन् ।

अहिलेसम्म आइभीएफ र टेस्टट्युबलाई तिनै मानिसहरुले अपनाइरहेका छन् जो प्राकृतिक तरिकाले सन्तान उत्पादन गर्न असफल भएका छन् । हुन सक्छ भविष्यमा सबै मानिसहरु यो तरिका अपनाउन सुरु गर्न सक्छन् । बच्चा जन्माउन पुरुष र महिला अण्डको मिलन जरुरी छ । तर लेस्बियन र गेको सन्दर्भमा यो सम्भव छैन । यही कारण यस्ता मानिसहरु सन्तान उत्पादनको लागि यो तरिका अपनाइरहेका छन् । बलिउडमा यसका कैयौं उदाहरण छन् ।

प्रतिबद्धता र विवाहजस्ता सम्बन्धका विषयमा पनि धेरै नयाँ आइडिया आउन सक्छन् । रोगमा नियन्त्रणपछि मानिसको आयु पनि बढेको छ । १९६० देखि २०१७ सम्म मानिसको औसत आयु करिब २० वर्ष बढेको छ । एक अनुमान अनुसार २०१० सम्म यो औसत आयु अझै ४ वर्ष बढ्नेछ ।

अमेरिकी जीव वैज्ञानिक स्टिवेन ओस्टाडका अनुसार भविष्यमा मानिस १५० वर्षसम्म बाँच्ने पनि हुन सक्छ । यति लामो आयुमा केवल एक यौन पार्टनरसँग मात्र गुजारा गर्न कठिन हुनेछ । त्यसपछि उसले समय समयमा यौन साथी फेरिरहनेछ । यसको सुरुवात भइसकेको छ । ठूला शहरमा यसका उदाहरण निकै देख्न पाइन्छ । सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ।

२०१३ मा गरिएको एक सर्वेक्षणअनुसार अमेरिकामा हरेक १० मध्ये ४ जोडीको दोस्रो वा तेस्रो विवाह हुन्छ । भविष्यमा प्रतिबद्धता र विवाहित जीवनबारे कैयौं नयाँ आइडिया आउन सक्छन् । प्रकृतिले आफूअनुसार मानिसलाई बदलिरह्यो र बदलिरहनेछ । अब परिवर्तन हामीले आफ्नो सोचमा गर्नुपर्छ । यौन र यौनिक रोजाइका विषयमा हामीले आफ्नो विचार बदल्नु जरुरी छ । त्यो दिन टाढा छैन जब सारा संसार सम्भोगलाई खुसी र मनोरञ्जनको माध्यम अर्थात केवल सम्भोग मान्नेछ । बच्चा जन्माउने माध्यम होइन ।

Previous Post

लाखौँको भेन्टिलेटर र आइसीयू जनशक्तिका अभावले प्रयोगविहीन

Next Post

दक्षिण दिशामा नै हनुमानको तस्वीर किन राख्नुपर्छ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

दक्षिण दिशामा नै हनुमानको तस्वीर किन राख्नुपर्छ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.