HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

स्वस्थ भएर बाँच्न बिहान गर्नुहोस यी कार्यहरु ।हुने छ धेरै लाभ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ ।

विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् ।

यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ ।

यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा:

१.दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ ।

२. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिनुपर्छ:

१. सबेरै उठ्ने : बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ।

२. हिँड्ने तरिका: मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन।

३. कपडाको छनौट: मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।

४. गीतसंगीत: मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ।

५. इयरफोन कानमा नराख्ने: मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।

६. गफ गरेर नहिँड्ने: मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन।

७. एकान्तमा नहिँड्ने: मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन।

८. समाचार नसुन्ने: मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन् । बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन।

९. धूमपान-मद्यपान नगर्ने: मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्।

१०. कुकुरलाई साथै लिई नहिँडौं: मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा-पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने हो? त्यो विचार पुर्‍याउनुपर्छ।

११. खानपानमा ध्यान: मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ।

१२. नुहाउने तरिका: मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ जेष्ठ ४ गते शुक्रबार, हेर्नुहोस : राशिफल

Next Post

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.