• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:16:57+05:45301620266 2026-06-04T10:16:57+05:45000000Thu, 04 Jun 2026 10:16:57 +0545Thu, 04 Jun 2026 10:16:57 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000057Asia/Kathmandu 620266-10Jun+0545 301606Asia/Kathmandu5730am06p, 0000006ThursdayAsia/Kathmandu5757 262026000000 k620264 3010Asia/Kathmandu 0416ffAsia/KathmanduThu, 04 Jun 2026 10:16:57 +0545Asia/Kathmandu62026-06-04T10:16:57+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:16:57 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 16f ( '301606Asia/Kathmandu5730am06p' === $3026pAsia/Kathmandu || '1780547517' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:16:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:16:57 +05456 $100630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 10Asia/Kathmandu30_2026p301620266( '100630_2026ff57Asia/Kathmandu30' ) * 10+05451780547517R_04_thEC+05454Thuth ); } 16f ( '062657qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:16:57'; } $301606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547517+0545C' ) : 4p_301606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620264', $301606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:16:57 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:16:57 +05456 $04am30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:16:57 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किन दिइन्छ गर्भवतीलाई आइरन चक्की ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो ।

शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की खान दिइन्छ । सामान्यतया महिलाहरुको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन हुनुपर्छ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिने गरिन्छ ।

आइरन के हो ?

आइरन एक खनिज (मिनरल) हो, जुन कतिपय शारीरिक प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्नका लागि जरुरी हुन्छ । आइरनले शरीरमा हेमोग्लोबिन उत्पादन सहयोग गर्छ । हेमोग्लोबिनले शरीरका विभिन्न भागमा अक्सिजन प्रवाह गर्न रातो रक्तकोषिकालाई सहयोग गर्छ । यसैले शरीरमा आइरनको अभाव भएमा अक्सिजनको कमी हुन्छ ।

आइरनले प्रतिरोधक क्षमता, कोषिकाको उचित सञ्चालन र मांसपेशी बलियो बनाउने काम गर्छ । यदि शरीरमा आइरनको कमी भएमा रक्तअल्पता हुन्छ ।

खानेकुराबाट पाइन्छ आइरन ?

शरीरलाई आइरन हामीले खाने खानेकुराबाट प्राप्त हुन्छ । यसको मुख्य स्रोतहरु माछामासु, हरियो सागपात, कर्कलो, मेथीको साग, तोरी, पालुंगोको साग हुन् । यीबाहेक किसमिस, बदाम, काजु, पेस्तामा पनि आइरन धेरै मात्रामा पाइन्छ । चुकन्दर, अनार, गाँजर, आलुबखडा, सुन्तला, कागती, अमला, केरा, अम्बा, स्याउमा आइरन साेस्न सघाउने भिटामिन सी पाइन्छ ।  यीमध्ये चुकन्दर, अनार, कर्कलो, हरियो सागपात, अमला आइरनको हिसाबले समृद्ध स्रोत मानिन्छ ।

हामीलाई दैनिक कति आइरन जरुरत हुन्छ ?

दैनिक कति आइरन चाहिन्छ भनेर ठ्याक्कै तोकिएको छैन । यसमा मान्छेको शारीरिक अवस्था, उमेर निर्भर रहन्छ । गर्भवती महिलाको शारीरिक अवस्था ठीकै भएमा दिनको एक चक्की आइरन खान दिइन्छ । यदि हेमोग्लोबिनको मात्रा कम छ भने दिनमा दुई चक्कीसम्म आइरन दिने गरिन्छ ।

आइरनको कमीले के हुन्छ ?

शरीरमा आइरनको कमी भएमा रक्तकोषिकाहरु नष्ट हुँदै जाने वा शरीरमा रातो रक्तकोषिका निर्माण प्रक्रियामा कमी हुन थाल्छ । यसले गर्भवती महिलामा पार्न सक्ने जोखिम भनेको गर्भ तुहिने हो । साथै आइरनको अत्यधिक कमी भएमा रक्तअल्पता अर्थात् एनिमिया रोग लाग्न सक्छ ।

आइरनको कमी हुँदा अल्छी लाग्ने, कुनै कुरामा ध्यान केन्द्रित नहुने, कमजोर महसुस हुने, सुस्त हुने लक्षण देखापर्छ । थोरै काम गर्दा पनि थकान लाग्छ ।

आइरन कमी हुन नदिन के गर्ने ?

यसका लागि दैनिक खानपानमा पर्याप्त मात्रामा आइरनयुक्त सागपात, दाल, फलफूल र ड्राइफ्रुट्स खानुपर्छ । त्यस्तै गर्भवती महिलाको हकमा चिकित्सकको सल्लाहअनुसार आइरन चक्कीको सेवन गर्नुपर्छ । सामान्यतयाः गर्भवती महिलालाई गर्भावस्थाको तीन महिना कटेपछि दैनिक आइरनको चक्की सेवन गराउने गरिन्छ । यदि शरीरमा हेमोग्लोबिनको मात्रा त्यति कम छैन भने आइरन चक्की हप्तामा एकचोटि खान सकिन्छ ।

फलामको भाँडामा पनि पाइन्छ आइरन ?

फलामको भाँडामा पकाएर खाएको खानेकुरा पनि आइरन पाइन्छ । त्यसमा पकाएर खाँदा खानेकुरामा केही फलामको तत्व मिसिएको हुन्छ । त्यसैले पनि फलामको भाँडामा खाना पकाएर खानु उत्तम मानिन्छ । उहिले शरीरमा आइरनको पूर्ति यस्तै फलामको भाँडाबाट हुने मान्यता थियो । तर आजभोलि थरीथरीका भाँडाकुँडा आएपछि फलामको भाँडाको प्रयोग त्यति गरेको देखिंदैन ।

गर्भवतीलाई कहिलेबाट दिने ?

सामान्यतया गर्भावस्थामा १३ हप्ता वा तीन महिनापछि आइरन चक्की खान दिइन्छ । किनभने यसबेला वाकवाकी कम लाग्ने, बान्ता कम हुने हुन्छ । गर्भको शिशुको वृद्धिविकास पनि छिटो हुन्छ । यद्यपि गर्भवती महिलाको शरीरमा रगत कमी छ भने पहिलो महिनादेखि नै आइरन चक्की चाहिन सक्छ । बच्चा जन्माइसकेपछि पनि ६ हप्तासम्म नियमित आइरन चक्की खानुपर्ने हुन्छ ।

Previous Post

एक नेपाली युवकको मलेसियामा मृत्यु

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,जेठ महिनाको हेर्नुहोस :मासिक राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,जेठ महिनाको हेर्नुहोस :मासिक राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In