HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के गर्ने बच्चालाई जुका चूर्ना दोहोरी राखेमा ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जूका मानिसको आन्द्रामा रगत र खाना चुसेर बाँच्ने परजीवी हो । जूका विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये चुर्ना जूका, गोलो जूका, नाम्ले जूका र अंकुशे जूका मानिसको शरीरमा प्रायः देखा पर्छन्। जूकाले आन्द्रामा बसेर हजारौं संख्यामा फुल पार्छन् र आफ्नो संख्या बढाउँछन् । जूका र जूकाका फुलहरूको संख्या बढ्दै गएपछि तिनीहरू दिसासंगै बाहिर निस्कन थाल्छन् । यसरी निस्केका जूकाका फुलहरू विभिन्न माध्यमबाट अर्को व्यक्तिको पेटमा पुगी ठूला हुन थाल्छन् । यी जूकाहरू कहिलेकाहीं रक्त प्रणालीमा पुगी शरीरको सम्पूर्ण भागमा फैलन्छन् र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छन् । नेपालमा वयस्क मानिसहरुको अपेक्षामा साना बच्चाहरुलाई जुकाको समस्या सामान्यता बढी देखा परेको चिकित्सक विज्ञहरुको भनाई हरेको छ । जुकाको संक्रमण विशेषगरी सरसफाईमा ध्यान पुर्याइएन भने पेटमा जुका हुने बढी सम्भावना गर्दछ । जुकाको संक्रमण सामान्य भए पनि यसबाट शरीरमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्दछ जस्तै जुकाले आन्द्राबाट रगत चुसी खाँदा रक्त अल्पता गराउनुको साथै शारीरिक वृद्धि विकासमा पनि असर पार्दछ । सरसफाईमा ध्यान पुराउनाले यस रोगको संक्रमण धेरै हद सम्म कम गर्न सकिन्छ भन्ने सुझावका साथ आज हाम्रो साथमा हुनु हुन्छ नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजको बालरोग विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत डा. रोमा बोरा सँग बच्चाहरुमा जुका संक्रमण हुनुको कारण, लक्ष्ण, शरीरमा हुने असरहरु र रोकथामका लागि के के गरिनु पर्नु सम्बन्धीे कुराकानी ।

जूकाले कसलाई बढी असर गर्छ ?

जूका जसलाई पनि पर्न सक्छ तर खास गरी तल लेखिएका मानिसहरूलाई जूकाले बढी नराम्रो असर पार्छ

-पाँच वर्ष मुनिका बालबालिकालाई,।

-विद्यालय जाने उमेरका बालबालिकालाई।

-बच्चा जन्माउने उमेरका महिला र किशोरीहरूलाई ।

जूका मानिसमा कसरी सर्छ ?

-जूका मानिसको आन्द्रामा बस्ने हुनाले जूकाले आन्द्रामै फुल पार्छ ।

-पेटमा जूका बढ्दै गएपछि जूकाका फुलहरु मानिसको दिसासंगै बाहिर निस्कन्छन् ।

-जथाभावी दिसा बस्दा जूकाको फुल जताततै फैलिई सागपात, माटो, पानी आदिमा सर्छन् ।

-फोहोर हात वा झिंगा तथा जनावरहरूले दूषित पारेको खानेकुरा खाँदा ।

-खानाको माध्यमबाट जूकाको फुल पनि मानिसको आन्द्रामा पुग्छ ।

-जूकाको फुल मानिसको शरीरमा प्रवेश गरेर जूकाको पूर्ण विकास हुन्छ र त्यसले आन्द्रामै फुल पार्छ ।

-कुनै कुनै जूका (अंकुशे जूका) को लार्भा मानिसको छाला छेडेर पनि शरीरभित्र पसेर श्वासनलीको बाटो हुँदै आन्द्रामा पुग्छ ।

बच्चालाई जुका चूर्ना दोहोरी राखेमा के गर्ने ?

-खाना खाएपछी दिसा पिसाब गरिसके पछी बच्चाको हात साबुन पानीले राम्रोसंग धोई दिने।

-बच्चाको भित्री लुगा दैनिक बदलदीने, कमतीमा ४० डिग्रीको तापक्रममा धुने।

-बच्चाको नंग छोटो राखने,नंगमुनि पनी दैनिक सफा गरिदिने, नंग टोकने, औंला मुखमा हालने बानी दुरुत्साहित गर्ने।

-जुकाको औषधी २ हफ्ता र ४ हफ्तामा (जम्मा ३ पटक) फेरी दोहोर्याएर खुवाउने।

-जुकाको औषधी खुवाएपछी लगाउने ओढ़ने ओछ्याउने सबै कपड़ा साबुन र तातोपानीले धोईदिने।

-घरको अन्य सबै सदस्यहरूलाई पनी जुकाको औषधी खुवाउने।

-बच्चाको कपड़ा रूमाल अरुले प्रयोग नगर्ने, बच्चाले अरुको प्रयोग नगर्ने।

-बच्चाको मलद्वार दैनिक सफा गरीदिने।

Previous Post

कति अण्डा बच्चालाई खुवाउन पर्छ ?

Next Post

ब्लड प्रेसर हाई भएको ब्यक्त्तीले के खाने, के नखाने ? जानौं,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

ब्लड प्रेसर हाई भएको ब्यक्त्तीले के खाने, के नखाने ? जानौं,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.