वास्तु शास्त्रको अनुसार घर भित्रको प्रत्येक दिशाको आ-आफ्नै विशेष महत्त्व हुन्छ। प्रत्येक दिशाको आफ्नै विशेष ऊर्जा हुन्छ। खाना पकाउन कुन दिशा उपयुक्त हुन्छ, कुन दिशामा सुत्ने, कहाँ अध्ययन गर्नुपर्छ।
यी सबै कुराको ख्याल राख्नु निकै जरुरी छ। वास्तुका अनुसार दिशाहरूले हाम्रो जीवनलाई असर गर्छ र हामी सबैको जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ।
भनिन्छ कडा परिश्रम र सीपले जीवनमा सफलता र प्रगति पाउन निकै योगदान गर्दछ। उत्तिकै महत्त्वपूर्ण छ व्यक्तिको भाग्य, मानिसहरूले आफ्नो जीवनको अधिकांश समय घरमै बिताउँछन्।
यस्तो अवस्थामा घर र वरपरको वातावरणले हाम्रो जीवनशैलीलाई धेरै हदसम्म असर गर्छ। आज हामी केही सजिलो वास्तु उपाय बताउने छौँ, जसको सहायताले आफ्नो कामलाई सफलतापूर्वक सम्पन्न गर्नुका साथै जीवनमा सफलता र प्रगति प्राप्त गर्न सक्नुहुन्छ।
घरमा बसेर काम गर्दा उत्तर दिशामा बस्नुहोस्, वास्तुशास्त्र अनुसार धनको स्वामी कुबेर उत्तर दिशामा बस्छन्। यसो गर्दा तपाईंको घरमा कहिल्यै पनि धनको कमी हुने छैन। तपाईंको जीवनमा रहेका हरेक आर्थिक संकट दूर भएर जानेछ।
ल्यापटप, मोबाइल वा कुनै पनि इलेक्ट्रोनिक सामानको प्रयोग गर्दा घरबाट काम गर्ने व्यक्तिहरूले सधैँ कोठाको दक्षिण-पूर्व दिशामा चार्जिङ स्थान राख्नु पर्छ। यदि व्यवसायमा धेरै सफलता प्राप्त गर्न चाहनुहुन्छ भने, आफ्नो व्यापारिक-काम गर्ने कोठाको उत्तर-पश्चिम दिशामा राख्नुहोस्।






Discussion about this post