HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पाठेघरमा समस्या भएको थाहा पाउने कसरी ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन्।

पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाहरुलाई जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ?

१. महिलाको जिवनमा पाठेघरको महत्व कति छ ?

महिलाहरुका लागि पाठेघरको महत्वपुर्ण धेरै छ । पाठेघर बच्चा जन्माउनका लागी मात्र नभई महिनावारी हुनका लागी पनि आवश्यक पर्छ । पाठेघर बिना महिला स्वस्थ्य हुन सक्दैनन् । त्यसैले महिलाका लागी पाठेघर महत्वपुर्ण छ ।

सामान्यतय पाठेघरको फैलावट सात देखि आठ सेन्टिमिटर (से मि) हुन्छ । एक पटक बच्चा भइसकेपछि पाठेघर तन्किएर अर्थात लम्बिएर नौं देखि दश से मि हुन्छ ।

२. पाठेघरमा के कस्ता समस्याहरु देखिन्छन् ?

पाठेघरको मुख , डिम्बाशय (ओभरी) र पाठेघर यि तिनवटा अंगलाई समग्रमा पाठेघर भनेर बुझिन्छ । यि तिन भागमा समस्या परे महिलालाई दुख दिने गर्दछ । पाठेघरमा देखिने केहि समस्याहरु यसप्रकार रहेका छन् ।

पाठेघरमा अ‍ैजेरो अर्थात मासु पलाउने

पाठेघर क्यान्सर

डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने

डिम्बाशयमा ट्युमर (क्यान्सर)

पाठेघरको मुखको क्यान्सर

सेतो पानी बग्ने

पाठेघरको संक्रमण (इन्फेक्सन)

३. कुनै पनि महिलाले आफ्नो पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? कस्ता लक्षणहरु देखिन्छन् ?

धेरैजसो महिलाले पाठेघरको काम बच्चा जन्माउने मात्र हो भनेर बुझेका हुन्छन् । त्यसैले त्यति हेरचाह गरिएको देखिदैन । कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा यस्ता लक्षणहरु देखिन सक्छन् ।

पाठेघर सुनिन्दा अत्याधिक पेट दुख्ने र रगत जाने जस्ता लक्षणहरु देखिन्छन् तर पाठेघर सुन्निएको छ भनेर थाहा पाउनका लागी बिशेषज्ञसँग परिक्षण गराउनै पर्छ । पाठेघर सुन्निएको छ वा छैन भन्ने थााह पाउनका लागी भिडियो एक्सरे गरिन्छ । साथै कतिपय अवस्थामा बिशेषज्ञले योनीबाट हात हालेर पनि हेर्ने गर्छन् ।

महिनावारी भएपछि नगन्हाउने सेतो सफा पानी बग्ने समस्यालाई सामान्य मानिन्छ । तर सेतो पानी जाँदा गन्हाउँछ, योनी चिलाउँछ, फोका फोका जस्तो डावर देखिएमा त्यसलाई इन्फेक्सन भएको बुझिन्छ । इन्फेक्सनलाई उपचार गरिहाल्नुपर्छ । समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । सामान्यतय पाठेघरमा समस्या भए देखिने लक्षणहरु यसप्रकार रहेका छन् ।

समयमा महिनावारी नहुने

महिनावारी हुदाँ अत्याधिक रगत बग्ने

महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने

सेतो पानी बग्ने

योनी चिलाउने

यौन सम्पर्क गर्दा दुख्ने

यौन सम्पर्क गर्दा रगत देखा पर्ने

४. महिलाको पाठेघरमा यस्ता खाले समस्याहरु के कारणले आउन सक्छन् ?

प्रायः पाठेघरमा आउने विभिन्न समस्याका कारणहरु केहि समान खालका हुन्छन् भने केहि अलग अलग किसिमका हुने गर्छन् । पाठेघरमा आउने विभिन्न समस्याका केहि कारणहरु यसप्रकार छन् ।

यौनांगको सरसफाईमा ध्यान नदिदाँ पाठेघर इन्फेक्सन हुन सक्छ । पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्छ । एक भन्दा धेरै व्यक्तिसँग र कलिलो उमेरमा नै यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ । कलिलो उमेरमा यौन सम्पर्क गर्दा उसको शरीर र भजाइना पनि राम्रोसँग विकास भइसकेको हुदैँन । साथै किटाणुसँग लड्नका लागी इम्युनिटि पावर (किटाणुसँग लड्ने क्षमता) पनि कम हुन्छ । त्यसैले कहिलो उमेरमा यौन सम्पर्क गर्दा इन्फेक्सन हुने सम्भाबना उच्च हुन्छ ।

Previous Post

के भोक लाग्दा धेरै रिस उठ्छ ?

Next Post

किन शरीरमा आउछ मुसा, कसरी हटाउने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

किन शरीरमा आउछ मुसा, कसरी हटाउने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.