HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कानजालीको शल्यक्रिया गरिन्छ कसरी ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कानको जालीमा प्वाल पर्ने दुई कारण हुन्छन् । एउटा एक्कासि र अर्को जीर्ण । यदि एक्कासि प्वाल परेको समस्या हो भने यसको लागि अतिरिक्त उपचार जरुरी हुँदैन । कानलाई सुक्खा राख्नुपर्छ, पानी पर्न दिनुहुँदैन, कोट्याउनुहुँदैन । यसो गरेपछि कानको जालीमा परेको प्वाल आफैं टालिन्छ ।

त्यस्तै कानमा केही संक्रमण हुन गएमा थोपा औषधि वा खाने औषधि प्रयोग गर्न सकिन्छ । तर जीर्ण खालको समस्या अलि जटिल हुन्छ । यस्तो समस्यामा कानको संक्रमण हुने, कान चिलाइरहने, थोरै पानी पर्नासाथ पिप आउने हुन्छ । यस्तो अवस्थामा औषधिले मात्र निको हुँदैन । कानको जालीको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यस्तो शल्यक्रियालाई माइरिङ्गोप्लास्टी भनिन्छ ।

शल्यक्रिया कसरी गरिन्छ ?

कानको जाली टाल्ने शल्यक्रिया केवल कानलाई मात्र लत्याएर वा पूरै शरीर बेहोस पारेर गरिन्छ । सामान्यतया कानलाई मात्र लत्याएर बाहिर कुनै घाउ नबनाई कानको प्वालबाट (परमियटल)बाट पनि कानको जालीको प्वाल टाल्न सकिन्छ । यस्तो शल्यक्रिया गरेको एकैदिनमा घर जान सकिन्छ ।

कानको जालीको प्वालको प्रकृति वा अवस्था हेरी कहिलेकाहीं कानको वरिपरि चिरेर (पोस्टअरल वा एन्डअरल) पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ, जुन पूरै शरीर बेहोस पारेर गरिन्छ । यसमा २४ देखि ४८ घण्टासम्म अस्पतालमा भर्ना हुनुपर्ने हुन्छ । किनभने घाउमा टाँका लगाउने भएका कारण सफा गर्नुपर्ने हुन्छ । कानको प्वालबाट भित्र केही पनि नछिरोस् भनी कानमा प्याकिङ (नरम कपडालाई सानो डल्लो बनाएर राख्ने) गरिन्छ । त्यसलाई दुई हप्तापछि निकाल्नुपर्छ । त्यसको लगभग ६ हप्तापछि अर्को फलोअपमा श्रवण परीक्षण गरिन्छ । किनकि शल्यक्रियापछि कानमा प्याकिङ भएकाले श्रवणशक्ति कम हुनसक्छ ।

कानमा दुखाइ हुने भएकोले सकेसम्म कडा चीज चपाउनु हुँदैन । शल्यक्रियाको केही समयसम्म कानमा केही अनौठा आवाजहरू आउन सक्छ । कानको पछाडि चिरेको भए कान लाटो हुनसक्छ जुन बिस्तारै ठीक हुँदै जान्छ ।

शल्यक्रियाको सफलता दर कति छ ?

विश्वव्यापी अनुसन्धान समीक्षा गर्दा प्वाल पूर्ण रूपमा बन्द हुने औसत सफलता दर ८० देखि ९० प्रतिशत हुन्छ । प्वाल बन्द भएपछि पिप बग्न बन्द हुन्छ र श्रवण शक्ति राम्रो हुन्छ ।

शल्यक्रियाका सम्भावित जटिलता

शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस बनाउने) सम्बन्धित जोखिम हुनसक्छ । तर यो एकदमै न्यून हुन्छ । अनुहारको मांसपेशी आपूर्ति गर्ने स्नायु (फेसियल नर्भ) मध्यकान हुँदै निस्किने भएकाले शल्यक्रिया क्रममा चोट पर्ने सम्भावना हुन्छ, यदि भएमा मुख बाङ्गिने समस्या हुनसक्छ । तर यो केही समयसम्म मात्र हुन्छ र पूर्ण रुपमा निको हुन्छ ।

कसैकसैको भने शल्यक्रिया गरिसकेपछि पहिलेको भन्दा पनि कम सुन्ने वा पूरै नसुन्ने खतरा पनि हुन्छ, तर सम्भावना धेरै नै कम हुन्छ । शल्यक्रियापछि केही घण्टाको लागि चक्कर आउन सक्छ ।

शल्यक्रियापछि ध्यान दिनपर्ने कुरा

-रुखाखोकी र चिसोबाट बच्ने, रुघाखोकी लागि हालेमा तुरुन्त उपचार गर्ने

-नाक सिंसिं गर्ने बानी बन्द गर्ने

-कानमा पानी पस्न नदिने । यसका लागि नुहाउने बेलामा कपास वा नरम कपडालाई तेलमा भिजाएर निचोरेर वा भ्यासलिनमा लत्पत पारेर त्यसले कानको प्वाल बन्द गर्नुपर्छ । नुहाएपछि कान वरिपरि राम्ररी पुछपाछ गरेपछि उक्त कपास वा नरम कपडा झिकिदिने गर्नुपर्छ ।

-चिकित्सकको सल्लाहअनुसार औषधि खाने र कानमा थोपा औषधि हाल्नुपर्छ ।

Previous Post

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या पाल्पामा,

Next Post

के भोक लाग्दा धेरै रिस उठ्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के भोक लाग्दा धेरै रिस उठ्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.