HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने,आज देखि गोंगवु बसपार्क बाहेक अन्यत्र यात्रु ओराल्न र चढाउन नपाईने

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ महानगरपालिकाले काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको छ।

अब्यवस्थीत यातायात सन्चालन हुदा सर्वसाधारणका काम कार्वाही समेत प्रभावित हुने गरी अस्तब्यस्त भएको भन्दै महानगरपालिकाले सरोकारवालाहरु संगको सहमतीमै यस्तो निर्णय गरेको हो। बैठकमा उपत्यकामा चल्ने लामो र छोटो दुरीमा चल्ने यातायात ब्यवसायी कम्पनीका प्रतिनिधीहरु सहभागी थिए।

शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले एक बसपार्क नीति कार्यान्वयन गर्ने प्रस्तावलाई सहमती जनाएको महानगरपालिकाका माथि छलफल गर्दै यस्तो निर्णय गरेको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले बताए।

यो निर्णय संगै गोंगबुस्थित नयाँ बसपार्कबाहेक अन्यत्र ठाउँमा यात्रु चढाउन र ओराल्न पाइने छैन। अहिले गोंगवु बसपार्क बाहिरको सडक किनारसंगै बल्खु, कलंकी चावहिल,गौसाला लगायताका क्षेत्रमा यात्रु ओराल्ने र चढाउने काम हुदै आएको छ।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय पनि गरेको छ। यसले बिशेष गरी गौशाला र सुन्धारा लगायतका क्षेत्रमा रहेका होटलमा बस्ने आन्तरिक पर्यटकहरुलाई भने मर्का पर्ने छ।

महानगरका अनुसार काठमाडौंमा दैनिक करिब सात सय संख्यामा यात्रुवाहक सवारीसाधन प्रवेश गर्ने र सोही संख्यामा बाहिरिने तथ्यांक महानगरपालिका संग छ। गोंगवुमा रहेको नयाँ बसपार्कमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्ने क्षमता छ।

बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ।

समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका, ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, बसपार्क सञ्चालक कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रा.लि. र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन्।

Previous Post

के हजुर थाहा छ? पित्तथैलीमा पत्थरी भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन् ?

Next Post

कक्षाकोठामा अश्लील डान्स गरेको आरोपमा शिक्षिका बर्खास्त

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

कक्षाकोठामा अश्लील डान्स गरेको आरोपमा शिक्षिका बर्खास्त

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.