• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:54:13+05:45305420266 2026-06-04T07:54:13+05:45000000Thu, 04 Jun 2026 07:54:13 +0545Thu, 04 Jun 2026 07:54:13 +0545Asia/Kathmandu630_305406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000013Asia/Kathmandu 620266-7Jun+0545 305406Asia/Kathmandu1330am06p, 0000006ThursdayAsia/Kathmandu1313 262026000000 k620264 3007Asia/Kathmandu 0454ffAsia/KathmanduThu, 04 Jun 2026 07:54:13 +0545Asia/Kathmandu62026-06-04T07:54:13+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:54:13 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 54f ( '305406Asia/Kathmandu1330am06p' === $3026pAsia/Kathmandu || '1780538953' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:54:13 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:54:13 +05456 $70630 ? 305406Asia/Kathmandu() : 305406Asia/Kathmandu() + (54630) ( 7Asia/Kathmandu30_2026p305420266( '70630_2026ff13Asia/Kathmandu30' ) * 07+05451780538953R_04_thEC+05454Thuth ); } 54f ( '062613qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:54:13'; } $305406Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538953+0545C' ) : 4p_305406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455406Asia/Kathmandu( '620264', $305406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:54:13 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:54:13 +05456 $04am30Asia/Kathmandu305406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:54:13 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य होत? जानौ यस रोगका लक्षण रोकथाम र उपचारबारे ।

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ । तर, कहिलेकाहीँ जन्डिस अन्य रोगहरूको पनि सङ्केत हुन सक्छ । अधिकांश नवजात शिशुमा केही न केही मात्रामा जन्डिस देखापर्छ । प्रायः जन्मेकोे १ देखि ३ दिनभित्र यो देखापर्छ र ४ देखि ५ दिनसम्म बढ्दै जान्छ । १ देखि २ हप्ताभित्र जन्डिसको लक्षण हराएमा यसलाई सामान्य जन्डिस भनेर बुझ्न सकिन्छ । यस्तोमा शिशुको अनुहारमा पहेँलो देखिन्छ । अनुहारमा मात्र देखिने जन्डिस गम्भीर प्रकृतिको नहुन सक्छ ।तर,हत्केला र पैतालातिर पनि पहेँलो देखिन थाल्यो भने गम्भीर रूपमा लिनुपर्छ ।

गर्भमै जन्डिस हुँदैन, शिशु जन्मिएपछि मात्र हुने हो । यस्तो जन्डिस प्रायः बच्चा जन्मिएको २४ घण्टापछि देखा पर्छ ।
नवजात शिशुमा धेरै मात्रामा बिलिरुविन बन्ने भएकोले जन्डिस देखिने गर्छ ।
रातो रक्तकोष टुक्रिएर बिलिरुविन बन्छ । यसलाई कलेजोले राम्ररी हटाउन नसक्दा जन्डिस देखापर्छ ।

जन्डिस भएमा के हुन्छ ?

सामान्य किसिमको जन्डिस कुनै असर नगरी आफैँ हराएर जान्छ ।
गम्भीर किसिमको कडा जन्डिस भएमा शिशुको कलेजो खराब हुने, शिशुको मस्तिष्कमा गम्भीर असर पर्ने, कालान्तरमा शारीरिक तथा मानसिक सुस्तता आउने र शिशुको मृत्युसमेत हुन सक्छ ।

कस्ता शिशु जोखिममा हुन सक्छन ?

समय नपुगी (३७ हप्ताअगावै) जन्मेका कम तौल भएका शिशुमा यस्तो जोखिम हुन्छ ।
पर्याप्त मात्रामा स्तनपान गर्न नसकेका शिशुमा पनि जोखिम रहन्छ ।
रगतको समूह आमाको भन्दा फरक भएका शिशुमा पनि जोखिम देखिन सक्छ । शिशुलाई संक्रमण भएमा पनि यस्तो हुन्छ ।
शिशुमा आन्तरिक रक्तश्राव भएमा वा जन्मजात अन्य समस्या भएमा जोखिम रहन्छ ।

के कारणले जन्डिस हुन्छ ?

कलेजोले रगतबाट ‘बिलिरुबिन’ सफा गर्ने काम गर्छ तर कलेजोको राम्रोसँग विकास नभएका बालबालिकालाई बिलिरुबिन फिल्टर गर्न समस्या हुन्छ । त्यस्ता बालबालिकाको शरीरमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ र जन्डिसको समस्या देखा पर्छ । समयअगावै जन्मिएका शिशु, पर्याप्त स्तन दूध वा फर्मुला नपाएका बच्चाहरू, पहिलो बच्चामा जन्डिस देखा परेको छ भने दोस्रो बच्चामा पनि देखिने सम्भावना हुन्छ ।

आमाको रगत समूहसँग मिल्दोजुल्दो नभएका बच्चालाई नवजात जन्डिसको जोखिम बढी हुन्छ । यसबाहेक नवजात शिशुमा कलेजोमा समस्या, संक्रमण, इन्जाइमको कमी र बच्चाको रातो रक्त कोषिकामा असामान्यताका कारण पनि जन्डिस हुने गर्छ ।

शिशुलाई जन्डिस हुँदा आमालाई पनि हुन्छ ?

शिशुलाई जन्डिस हुँदा आमालाई जन्डिस हुँदैन । शिशुलाई जन्डिस हुँदा आमाले खाना बार्नुपर्छ भन्ने भ्रम पनि छ । तर शिशुलाई जन्डिस हुँदा आमाले खाना पनि बार्नु पर्दैन ।

जन्मजात जन्डिस हुँदा उनीहरूलाई कुनै दीर्घकालीन समस्या हुन्छ ?

जन्मजात जन्डिस हुँदा शिशुलाई कुनै दीर्घकालीन समस्या हुँदैन । तर कुनै बच्चाको जन्डिस एकदमै बढी भएर त्यो मस्तिष्कसम्म पुग्यो भने त्यसले गर्दा मस्तिष्कघात हुने छारेरोग लाग्ने सम्भावना हुन्छ । समयमै उपचार भयो भने यस्तो सम्भावना पनि हुँदैन ।
लक्षण
शिशुको अनुहारको छाला तथा आँखा पहेँलो हुनु जन्डिसको पहिलो लक्षण हो । यो अनुहारबाट सुरु हुँदै,घाँटी, छाती, पेट, हत्केला र पैतालासम्म पुग्न सक्छ । यसरी फैलिएमा गम्भीर अवस्था भनेर बुझ्नुपर्छ । स्वास्थ्यसंस्थामा गई बिलिरुविन जाँच गराएर जन्डिसको अवस्था पत्ता लगाउन सकिन्छ ।

शिशुलाई जन्डिस भएपछि कसरी स्याहारसुसार गर्ने ?

शिशुलाई सामान्य जन्डिस भएको छ भने ३० मिनेटदेखि ४५ मिनेट सबै लुगा खोलेर घाममा राख्नुपर्छ । बच्चालाई इन्फेक्सनबाट बचाउनुपर्छ । उनीहरूलाई आमाको दूध राम्ररी खान दिनुपर्छ । बच्चाको दिसा पिसाब पनि राम्ररी भएको हुनुपर्छ । किनकि यो जन्डिस दिसा पिसाबमार्फत बाहिर निस्किएर जान्छ र बिस्तारै कम हुँदै जान्छ ।

औषधि उपचार कसरी गर्ने ?

नवजात शिशुमा भएको जन्डिसको उपचार सम्भव छ । धेरै फैलिएको छैन भने यो आफैं निको हुन्छ । तर फैलिंदै गयो भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस फैलिरहेको छ भने ‘फेटो थेरापी’ सेक्ने विधिमार्फत उपचार गरिन्छ । यो उपचारबाट पनि जन्डिस फैलिन रोकिएन भने रगत नै फेरेर उपचार गर्नुपर्ने हुन्छ ।

रोकथामका उपाय

गर्भावस्थामा आमाको रगतको समूहको परीक्षण गर्नुपर्छ ।
गर्भावस्थामा आमाले यथेष्ठ पौष्टिक आहार खानुपर्छ । जसले गर्दा स्वस्थ र सामान्य तौलको शिशु जन्मने सम्भावना बढ्छ ।
जन्मपश्चात् शिशुलाई दिनमा १० देखि १२ पटकसम्म स्तनपान गराउने गर्नुपर्छ ।

शिशुको उपचार कसरी गर्ने ?

घरमै न्यानो बनाएर राख्ने, पटक–पटक प्रशस्त मात्रामा स्तनपान गराउने । बिहानको कलिलो नपोल्ने घाममा १ वा २ घन्टा राख्ने । यसो गर्दा उज्यालो किरणले बिलिरुविन टुक्रिएर शरीरबाट बाहिरिन्छ । जन्मेको २४ घन्टाभित्र हत्केला वा पैतालासम्मै फैलिएर पहेँलो हुँदै गएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

Previous Post

बच्चाको मस्तिष्क विकासका लागि कुन-कुन खानेकुरा आवश्यक पर्छ ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत १ गते बिहिबार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत १ गते बिहिबार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In