• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:26:47+05:45302620266 2026-06-04T10:26:47+05:45000000Thu, 04 Jun 2026 10:26:47 +0545Thu, 04 Jun 2026 10:26:47 +0545Asia/Kathmandu630_302606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-10Jun+0545 302606Asia/Kathmandu4730am06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3010Asia/Kathmandu 0426ffAsia/KathmanduThu, 04 Jun 2026 10:26:47 +0545Asia/Kathmandu62026-06-04T10:26:47+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:26:47 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 26f ( '302606Asia/Kathmandu4730am06p' === $3026pAsia/Kathmandu || '1780548107' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:26:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:26:47 +05456 $100630 ? 302606Asia/Kathmandu() : 302606Asia/Kathmandu() + (26630) ( 10Asia/Kathmandu30_2026p302620266( '100630_2026ff47Asia/Kathmandu30' ) * 10+05451780548107R_04_thEC+05454Thuth ); } 26f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:26:47'; } $302606Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548107+0545C' ) : 4p_302606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452606Asia/Kathmandu( '620264', $302606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:26:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:26:47 +05456 $04am30Asia/Kathmandu302606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:26:47 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के पेटको क्यान्सरको उपचार सम्भव छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै कारणवश हामीले खाएको खानेकुरा टुक्राउन र पचाउन मद्दत गर्ने आमाशयमा हुने कोष अनियन्त्रित रुपमा बढेर गएमा क्यान्सरको रूप लिन सक्छ । जसलाई पेटको क्यान्सर भनेर बुझिन्छ । यो क्यान्सर आमाशयको माथि, बीच वा तल जुनसुकै भागमा हुनसक्छ । सबैभन्दा बढी माथिल्लो भागमा देखिन्छ ।

वर्ल्ड क्यान्सर रिसर्च सेन्टरका अनुसार विश्वव्यापी रुपमा आमाशयको क्यान्सर पाचौं स्थानमा पर्छ, जसमा पुरुषमा देखिने क्यान्सरमध्ये चौथो स्थान र महिलामा सातौं स्थानमा पर्छ । जसकारण यो क्यान्सर साझा रूपमै देखिने क्यान्सरको रूपमा लिइन्छ ।

किन हुन्छ, पेटको क्यान्सर ?

पेटको क्यान्सर हुनुको शतप्रतिशत यही कारण भन्न मुस्किल छ । तर केही यस्ता कारण छन्, जुन आमाशयको क्यान्सरका लागि जिम्मेवार मानिन्छ ।

सबैभन्दा बढी हेलीकोव्यक्टर पाइलोरी कीटाणुको कारणले यो क्यान्सर हुन्छ । यो कीटाणुले गर्दा आमाशयको कोषमा परिवर्तन ल्याई अल्सर गराउँछ र क्यान्सरको जोखिम बढ्छ ।

त्यस्तै, अत्यधिक नुन भएको खानेकुरा दिनहुँ खानु, प्रशोधित मासु खानु र सागसब्जी अति कम खानु पनि पेट क्यान्सरको जोखिमको कारक हुनसक्छ । धेरै मात्रामा भण्डारण र प्याकेटबन्द खानेकुरा खाने, धुम्रपान र मदिरापान धेरै गर्नेहरुमा पनि पेटको क्यान्सरको जोखिम धेरै हुन्छ ।

लक्षण कहिले र कस्तो देखिन्छ ?

पेटको क्यान्सरको सुरुवाती चरणमा कुनै पनि लक्षण देखिंदैन । बिस्तारै खाएको खाना पेटको माथिल्लो भागमा जान असहज हुन्छ । जसले खानेकुरा अडकिएको जस्तो लाग्न सक्छ ।

खानेकुरा अपच हुनु, पेटमा दुखाइ, थकाइ, खानामा रुचि घट्दै जानु, खाना खाएपछि पेट फुलेको अनुभव हुनु, पेट ढुस्स हुनु, औषधि खाँदा पनि पेट दुख्ने समस्या ठीक नहुनु, भोक कम लाग्नु, पेटमा अत्यधिक दुखाइसँगै पोल्नु र खाएको खाना फर्किएर आउनु, दुर्गन्धित डकार आउनु लगायत लक्षण देखिन्छ ।

पटक-पटक बान्ता आउनु, जाँगर कम हुनु, अल्सर भएमा दिसामा पनि रगत देखिनु, रक्तअल्पता हुनु, पेटमा पानी भरिनु र तौल कम हुनु पनि पेटको क्यान्सरका लक्षण हुन् ।

पहिचान तथा उपचार

लक्षणलाई पहिचान गरेर उपचार त सम्भव हुन्छ । तर लक्षण पहिले नै नदेखिने भएकाले यसको जटिलता बढ्ने जोखिम उत्तिकै रहन्छ । जब क्यान्सर जटिल बन्दै जान्छ तब देखिन थाल्छ ।

यस्तोमा क्यान्सरको शंका भएमा इन्डोस्कोपी गरेर हेरिन्छ । इन्डोस्कोपी र बायोप्सी गरेपछि क्यान्सर भएको नभएको पत्ता लाग्छ । क्यान्सर हो भने सर्जन र क्यान्सररोग विशेषज्ञ (मेडिकल अन्कोलोजिस्ट)को सहकार्यमा उपचार हुन्छ ।

सबैभन्दा पहिला क्यान्सरको प्रकार र अवस्थाअनुसार उपचार योजना बनाइन्छ । सुरुवाती अवस्थामा पत्ता लाग्यो भने पेटको शल्यक्रिया नगरी इन्डोस्कोपिक विधिबाट उपचार गरिन्छ । तर अलि जटिल छ भने ल्याप्रोस्कोपिक सर्जनले पेटको क्यान्सरग्रस्त भागलाई शल्यक्रियाको माध्यमबाट निकाल्छन् । यो प्रक्रियामा इन्डोस्कोप र अन्य उपकरणको मद्दतबाट क्यान्सर कोषलाई पाचनप्रणालीबाट हटाइन्छ ।

यो उपचार गर्दा आमाशयको धेरैजसो भाग फाल्नुपर्छ । र, सानो आन्द्रा ल्याएर बाँकी रहेको आमाशयको भागमा जोडिन्छ । साथै, खानानलीलाई निरन्तरता दिइन्छ । बिरामीको रोगको चरण हेरी किमोथेरापी दिने, र रेडियोथेरापी आवश्यक पर्छ ।

यो पनि पढ्नुहोस
क्यान्सर जितेकी प्रमिलाको अनुभव : उपचारपछि सन्तान सम्भव छ
पेटको क्यान्सर निको हुन्छ ?

उपचारपछि यो क्यान्सर लागेमा निको हुन्छ । तर निको हुनका लागि रोगको अवस्था सुरुवाती चरणकै हुनपर्छ । पेट भन्दा बाहिर जस्तै, छाती, कलेजो, फोक्सो र मतिष्क फैलिएको छैन भने यो उपचारपछि रोग निको हुन्छ ।

पहिलो चरणको क्यान्सरको सफल शल्यक्रिया र किमोथेरापी गरेपछि रोग फर्केर आउने सम्भावना कम हुन्छ । तर दोस्रो वा तेस्रो चरणमा छ भने रोग बल्झिने सम्भावना बढी हुन्छ । जटिलखालको अवस्थामा चिकित्सकको उद्देश्य बिरामी बाँच्ने सम्भावना बढी बनाउने भन्ने नै हो । रोग निको पार्न नसके पनि आयु भने बढाउन सकिन्छ ।

जटिलता

क्यान्सरको उपचार नगरी छोडियो भने फोक्सो, हड्डी र अन्य अंगमा फैलिन सक्छ । जसकारण ज्यान नै जाने जोखिम हुन्छ ।

रोकथामका उपाय

-हरेक दिन खानामा विभिन्न फलफूल र सागसब्जी खानुपर्छ ।

-बढी चिल्लो खानेकुरा, जंकफुड र अत्यधिक रातो मासु खानु हुँदैन ।

-अत्यधिक नुन खानुहुँदैन ।

-ढुसी परेको र बासी खाना खानु हुँदैन ।

-धुम्रपान गर्नु हुँदैन । यसले पेटदेखि अन्य स्वास्थ्य समस्या बढाउँछ ।

-परिवारमा कसैलाई पहिला नै क्यान्सर भइसकेको छ भने हरेक सदस्यले पेटको क्यान्सरको परीक्षण चिकित्सकको निर्देशनअनुसार गराउनुपर्छ ।

Previous Post

एक वर्ष नपुग्दै शिशुलाई गाईको दुध खुवाए कुनै समस्या देखिन्छ ?

Next Post

दाह्री पाल्नुको फाइदाहरु थाहापाउनुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

दाह्री पाल्नुको फाइदाहरु थाहापाउनुहोस्

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In