HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एक वर्ष नपुग्दै शिशुलाई गाईको दुध खुवाए कुनै समस्या देखिन्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शिशु जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको नेसर्गिक अधिकार हो । शिशु रोएपछि वा उसको आवश्यकता अनुसार दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वका साथै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले ६ महिना नपुगेका शिशुलाई पानी  खुवाउनु हुर्दैन । 

नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहेँलो (बिगौती)  दूध खुवाउनुपर्दछ । आमाको पहेलो दूधले शिशुलाई विभिन्न रोगसँग लड्ने क्षमता बढाउँछ । 

आमाको दुधले शिशुलाई प्रयाप्त मात्रामा पुगेन भने आमाको खानामा दुध बढाउने खालका खानेकुरा समावेश गर्नुपर्छ ।  यदि शिशुलाई ६ महिनाअघि पानी खुवाएमा पेटको समस्या र झाडापखला लाग्न सक्ने सम्भावना बढि हुन्छ  । शिशुलाई १ बर्षसम्म गाईकोदूध खुवाउनु हुँदैन ।

शिशुलाई प्रयाप्त मात्रामा आमाको दुधले नपुगेमा, आमा जागिरमा गएमा वा आफ्नो सौन्दर्य बिग्रन्छ भन्ने त्रासमा शिशुलाई बोतलको दुध खुवाउने गरेको पाइन्छ तर सकेसम्म शिशुलाई बोतलको दुध खुवाउँनु हुदैन उसको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ ।  शिशुलाई बोतलको दुध खुवाउँदा पेटको समस्या र  रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ साथै रुघा खोकि, नियोनिया जस्ता समस्याहरु देखिरहने हुनसक्छ । 

शिशु एक वर्ष नपुग्दै गाईको दुध  खुवाएमा भविष्यमा एलर्जी, मधुमेह, उच्च रक्तचाप जस्ता समस्या देखिन सक्छ । 

शिशु ६ महिना भएपछि घरमै पाईने  खानेकुरा बिस्तार खुवाउन सुरु गर्न सकिन्छ । त्यस अन्तर्गत लिटो, जाउलो, खाना दाल,गेडागुडिको झोल, साग, आलु मिचेर खुवाउन सकिन्छ । त्यसका साथै फलफुलको रस, माछा मासु थोरै थोरै गरि खुवाउन सकिन्छ । 

१ बर्ष पुगेका बालबालिकाहरुलाई फलफुल, जाउलो, दाल, गेडागुडिको झोल खुवाउन सकिन्छ । उनिहरुलाई खाना खुवाउँदा परिवारको सदस्यसँग घुलमिल गराउनुपर्छ । त्यसका साथै  उनिहरुलाई खाना खुवाउँदा मोबाइल देखाएर खुवाउने बानि लगाउनु हुदैन । मोबाइलको सट्टामा चम्चा काटाँ वा अन्य सामाग्री दिएर खेलाउदै खुवाउने बानि लगाउनुपर्छ । शिशुलाई जबरजस्ति कोच्याएर खाना खुवाउनुहुदैन । उनिहरुलाई भोक लागेको समयमा खेलाउँदै  खुवाउने बानि लगाएमा खाना खादाँ  रमाइलो मान्दै खाने गर्छन् । 

बालबालिकालाई बजारमा पाइने जङ फुड खुवाउँने बानि लगाउनु हुदैँन । उनिहरुलाई जङ फुड जिब्रोको स्वादको लागी मात्र मिठो हुन्छ त्यसले बालबालिकाको बृद्धि विकास देखि अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ । 

बालबालिकालाई खानेकुरा खुवाउँदा शरीरलाई आवश्यक पर्ने सबै प्रकारका पोषण तत्वहरुको समावेश भएको हुनुपर्छ । खाना खुवाउँदा कहिले खाना मात्र खुवाउने कहिले दाल मात्र खुवाउने त्यस्तो गर्नुहुदैन । सबै प्रकारका खानेकुरा मिसावट गरेर खुवाउने तर खुवाउँदा मात्रामा ध्यान दिनुपर्ने हुन्छ । 

बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ । शिशु १ बर्ष भएपछि आमाको दुधबाट पाउने पोषण तत्व बिस्तार कम हुदै जान्छ । त्यसैले अन्य खानेकुरा खुवाएर उनिहरुलाई आवश्यक पोषण तत्वको परिपुर्ति गराउनुपर्छ । 

उमेर बढ्दै जादाँ खानेकुराको मात्रा बढाउँदै जानुपर्छ । बालबालिकालाई स्कुल पठाउन सुरु गरेपछि उनिहलाई घरमा नै बनाएको खाजा खुवाउनुपर्छ जस्तै रोटि तरकारी, चामलबाट बनाइने विभिन्न परिकार, चिउरा, अण्डा लगायतका खानेकुरा खुवाउन सकिन्छ । 

बालबालिकाले माछा मासु खादैँन भने सागपात, गेडागुडि र दुधबाट बनेको परिकार खुवाउनुपर्छ । बालबालिकालाई बाहिरको तयारी खानेकुरा भन्दा पनि घरभित्रको खानेकुरा खुवाउन प्रेरित गनुपर्छ । 

आजभोली शिशुहरुमा कुपोषणको समस्या धेरै नै देखि रहेको छ । जसका कारण बालबालिकाको उचाई वा तौल नबढ्ने गरेको पाइन्छ यो समस्या धेरेजसो बाहिरको तयारी खानेकुरा खाने बानि भएको बालबालिकामा देखिने गरेको पाइन्छ ।

Previous Post

निस्क्रिय  बस्नुहुन्छ लाग्नसक्छ यस्तो गंभिर रोग ?

Next Post

के पेटको क्यान्सरको उपचार सम्भव छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के पेटको क्यान्सरको उपचार सम्भव छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.