सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत सलेमपुर चोकमा नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् । त्यसपछि आक्रोशित गाउँलेले बसमा आगो लगाइदिएका छन् ।
बसको ठक्करबाट साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनको अवस्था चिन्ताजनक छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् । बसका चालक प्रहरीको नियन्त्रणमा छन्।






Discussion about this post