शरीरको उच्च भागमा जस्तै गालाको दुवैतिर निधार र नाकको छेउमा चायाँ–पोतो देखिन्छ । यो छालाको माथिल्लो र तल्लो सतहमा हुन्छ । ‘डर्मोकपी’नामक उपकरणबाट अवलोकन गरी यसको उपचार गर्न सकिन्छ ।
अवस्था हेरेर यसको उपचार गरिन्छ । क्रिमबाट पनि चायाँ–पोतोको उपचार गर्न सकिन्छ । त्यस्तै, खाने औषधिहरूको सेवनबाट पनि यसको उपचार गरिन्छ । यसबाहेक ‘केमिकल पिल’,‘लेजर सर्जरी’, ‘माइक्रोडर्मानसन’ पद्धतिबाट समेत चायाँ–पोतोको उपचार हुन्छ । तर, बजारमा पाइने क्रिमहरूले छिटै चायाँ–पोतो जान्छ भनेर भ्रामक विज्ञापनहरू पनि आउने गरेकै छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा–परिचर्चा हुने गरेको पाइन्छ ।‘स्क्रब’ गरेर चायाँ–पोतो जाँदैन । बजारमा पाइने क्रिम जुन चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना पाइन्छ, त्यसमा ‘स्टेरोइड’ भन्ने रसायन मिसाइएको हुन्छ । यसको प्रयोग गर्दा दुई सातामा चायाँ–पोतो गएजस्तो भएपनि त्यसले छालालाई पातलो बनाउँदै रौं आउने जस्तो समस्या देखा पर्न सक्छ ।
उपचार गर्दा विशेषगरी ‘स्क्रिन’ को ‘ब्लुलाइट ¥याडिसन’ मा ध्यान दिनुपर्छ । उपयुक्त मात्रामा आफ्नो ‘स्किन टाइप’ हेर्नुपर्छ । घाममा हिँड्दा ‘सनक्रिम’ लगाउनुपर्छ । मुख छोपिनेटोपी, छाता ओढेर तथा चस्मा घरबाहिर निस्कनुपर्छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु जरुरी हुन्छ । ‘मेलालिन पिगमेन्ट’ घामका कारण सक्रिय हुने भएकाले जोगिनुपर्छ ।





Discussion about this post